भैरहवा, ९ पुस
गृहमन्त्री बालकृष्ण खाणलाइ शुक्रबार साझ भैरहवामा भब्य स्वागत गरिएको छ । नेपाली काङ्ग्रेसको १४ औं महाधिबेसनमा अत्याधिक मतले बिजय भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला रुपन्देही आउनु भएका नेता खाणलाइ काङ्ग्रेस नेता, कार्यकर्ता एबम शुभेच्छुकले गौतम बुद्ध बिमानस्थल भैरहवामा स्वागत गर्दै बधाई दिएका हुन । कार्यक्रममा नेपाली काङ्ग्रेस रुपन्देहिका सभापति रामकृष्ण खाण, संविधान सभा सदस्य इस्तियाक अहमद खान, जैतुन निसा खान, क्षेत्रीय सभापती सुशील गुरुङ, नगर सभापती कोशिस खड्का लगायत सयौंको सहभागिता रहेको थियो ।
सो अबसरमा नेता खाणले आफुलाइ बिजय बनाउन सहयोग गर्ने एबम मतदान गर्ने सबै प्रती आभार व्यक्त गरे ।