आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ हेमन्त ऋतु वि.सं. २०७८ पौष ११ गते आइतबार तद्अनुसार सन् २०२१ दिसम्बर २६ तारिख पौष कृष्णपक्ष सप्तमी तिथि उत्तराफाल्गुणी नक्षत्र आयुष्मान योग २ः१५ पर सौभाग्य योग बालब करण आनन्दादिमा मित्र योग चन्द्रमा सिंह राशिमा ७ः५० बजेसम्म त्यसपछि कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मा र सूर्यास्त साँझ १७ः१४ मा हुनेछ । रविसप्तमी व्रत, त्रिपुष्कर योग १५ः३९ बजेसम्म । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ।
आजको राशिफल
मेष – अनावश्यक रूपमा झगडा हुन सक्छ । खर्च बढ्ला । यात्रामा सावधान रहनुहोला । बल, बुद्धि, शक्ति, सामर्थ्य आदि बढ्नेछन् । ऐश्वर्यवर्द्धक काममा सफलता प्राप्त हुनेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । सार्थक कार्यमा रुचि बढ्नेछ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ र व्यर्थको खर्चप्रति पनि नियन्त्रण आउनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
वृष – प्रेममा सफलता प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ला । कार्यमा सफलता प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । मान बढ्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्ला । आमोदप्रमोदमा रुचि बढ्ला । मिठो भोजन खान पाउनु हुनेछ । ईष्टमित्रको सहयोग मिल्नेछ । सुख सन्तति बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछन् ।
मिथुन – धन मनग्गे कमाउने अवसर मिल्ला । पराक्रम बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । शुभता र यात्रासित सम्बन्धित कार्य बन्नेछन् । मान महत्व बढ्नेछन् । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह बढ्नेछ । सुख समृद्धि बढ्नेछन् ।
कर्कट – व्यवसायमा लाभ होला । दाम्पत्यसुख मिल्नेछ । समय शुभ फलदायक छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रोकिएको धन प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साहमा वृद्धि हुनेछ ।
सिंह – समय राम्रो भएर पनि खर्च बढ्न सक्छ । विवाद निम्तिन सक्छ । सफलताको दर बढ्नेछ । दाम्पत्य सुख शान्ति बढ्नेछ । मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । सुख सन्तति बढ्नेछ । लगानी उठ्ला । मान पुरस्कार मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यबर्द्धक कार्यमा प्रवृत्ति बढ्ला ।
कन्या – समय शुभ फलदायक रहनेछ । विशेष अवसरले पछ्याउला । अधुरा काम बन्नेछ । प्रेम सम्बन्ध राम्रो रहला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मित्रजन प्रेमपात्रको सहयोग मिल्नेछ । सुख आनन्दमा रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनु पर्नेछ । धनको आगमन भइरहनेछ । अवश्यमेव सफल हुनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मिठो भोजन मिल्नेछ ।
तुला – धनमान हासिल होला । कल्पना नगरिउको काम बन्नेछ । सामाजिक प्रतिष्ठा बढ्ला । रसरागमा आकर्षण रहनेछ । लगानी बढ्ला । विलासको वस्तु किन्न सफल हुनुहुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्ततिसुख बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
वृश्चिक – यात्रामा विशेष लाभ होला । जीवनसाथी र आमाको सल्लाहमा गरेको कार्य सिद्धि होला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य बृद्धि हुनेछ । विवाद आदिप्रति सचेत भै अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ । अन्न आनन्द बढ्नेछ । आशा उत्साह बढ्ला ।
धनु – आर्थिक संकट बढ्ला । अरुको सुझाव अप्रिय लाग्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।सन्तानसित सम्बन्धित समस्यामाा समाधान मिल्ला । साझेदारीको काम बन्ला । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । विलासमा रुचि बढ्ला । आफ्नै कारणले अनावश्यक झमेला निम्तिन सक्छ, विचार पुर्याउनुहोला ।
मकर – गलत विचारहरूले काममा बाधा देला । जागिरमा भने सन्तुष्टि मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । घुमफिर गर्नुहुनेछ । यात्रामा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।
कुम्भ – समय अनुकुल छ । आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियमकानूनप्रति सचेत रहनु पर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।
मीन – नियमित काममा सफलता मिल्नेछ । धन मनग्गे कमाउनुहोला । मनोरञ्जनमा भुलिने समय छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । दायित्व पूरा गर्नुहुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । यात्रामा सफलता भेटिएला । भ्रमण होला । वार्तामा सफलता मिल्नेछ । आशा उत्साह बढ्ला । साझेदारीको काम बन्नेछ । आयस्रोत बढ्ला ।
















































