आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ हेमन्त ऋतु वि.सं. २०७८ पौष १८ गते आइतबार तद्अनुसार सन् २०२२ जनवरी २ तारिख पौष कृष्णपक्ष अमावश्या तिथि मूल नक्षत्र वृद्धि योग चतुष्पाद करण आनन्दादिमा सिद्धि योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा भयो र सूर्यास्त साँझ १७ः१९ मा हुनेछ । दर्शश्राद्ध, गयामौनी औंसी ।
आजको राशिफल
मेष – काममा रोकावट आउला । मनमा पनि नराम्रा विचारका लहर उठ्न सक्छन् । दाम्पत्य सुख बढ्नेछ । सन्तान आदिको सहयोग प्राप्त हुनेछ । आर्थिक कर्ममा प्रवृत्त रहनुहुनेछ । विविध कार्यक्रममा सहभागी हुने अवसर आउन सक्छ ।साहस उत्साह थपिनेछ । बौद्धिक र सृजनात्मक काम होला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला ।
वृष – शत्रु परास्त होलान् । सोचेभन्दा बढी नै लाभ हुने समय छ । पारिवारिक सुखशान्ति समृद्धि बढ्नेछन् । नयाँ सम्भावना देखापर्ने छ । धनसम्पत्ति बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै सुख शान्ति समृद्धि पनि प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । सम्मान बढ्ला । विजय प्राप्त हुनेछ ।
मिथुन – बिग्रिएका कामहरु बन्नेछन् । कमजोरीमाथि टीकाटिप्पणी हुन सक्छ, सचेत रहनुहोला । रोकिएको काममा सफलता प्राप्त हुनेछ । सुख प्राप्त हुनेछ । इष्टमित्र, सन्तानको सुख प्राप्त हुनेछ । रचनात्मक र बौद्धिक क्षमता बढ्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ ।
कर्कट – यात्रामा सचेत रहनुपर्ला । विश्वास गरेकाले नै धोका दिन सक्नेछन् । धन मान भने बढ्नेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ । मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हीतकर रहला ।
सिंह – विगतका निर्णयले काम बिग्रन सक्छ । प्रलोभनमा नपर्नु उपयुक्त होला । मिठो भोजन प्राप्त हुनेछ । प्रेममा सफलता हासिल हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । खर्चमा कमी आउनेछ । विलासमा रुचि बढ्नेछ । उत्साह थपिनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।
कन्या – रोकिएका काम बन्नेछन् । प्रशस्त धन आर्जन होला । मिहीनेतले सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यबर्द्धक काममा प्रवृत्त रहनु हितकर हुनेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । ख्याति फैलिनेछ । व्यस्तता बढ्नेछ ।
तुला – पशुधन र जमिनबाट सामान्य लाभ मिले पनि प्रतिष्ठा आर्जन हुने दिन छ । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । भागदौड जारी रहला । शारीरिक र आर्थिक काममा प्रगति होला । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सुख सन्तति बढ्नेछन् । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ ।
वृश्चिक – स्वास्थ्यमा विचार पुर्याउनुपर्ला । सहयोगीहरुले पनि त्यति साथ नदेलान् । आफन्तको साथ भने मिल्नेछ । ऐश्वर्य अभिवृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक काम बन्नेछ । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । सन्तानसुख बढ्ला ।
धनु – लामो समयदेखि रोकिएका काम बन्नेछन् । सहयोगीहरुले गुनासो गर्न सक्छन् । स्वास्थ्यको लागि खानपानमा विशेष ध्यान दिनुहोला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उनन्ति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।
मकर – प्रशस्त धन आर्जन गर्ने मौका छ । आफ्नै कमजोरीले विवादमा पर्न सकिएला, विचार राख्नुस् ।
यात्रमा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तानसुख बढ्ला । मिठो भोजन मिल्नेछ । मान महत्व बढ्ला ।
कुम्भ – नयाँ जिम्मेवारी मिल्ला । यात्राको योग छ । काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रा होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि बढ्नेछ ।
मीन – शरीरमा आलश्यता जाग्ला । विश्वास गरेकाबाटै धोका हुन सक्छ । स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । खर्च बढ्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बनिरहला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रशन्न भैजानेछ । रसरागमा आकर्षण बढ्नेछ । सुखको बस्तुमा खर्च बढ्ला । आफन्तको सहयोग प्राप्त होला । जीवनसाथीको साथ प्राप्त होला ।