आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७८ पौष १९ गते तद्अनुसार सन् २०२२ जनवरी ३ तारीख सोमबार पौष शुक्लपक्ष प्रतिपदा तिथि पूर्वाषाढ़ा नक्षत्र ध्रुव योग ०ः१६ पर व्याघ्यात योग किंस्तुघ्न करण आनन्दादिमा उत्पात योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा र सूर्यास्त साँझ १७ः२० बजे हुनेछ । तोल ल्होसार ।
आजको राशिफल
मेष – आफन्तजनको साथसहयोगले विशेष फाइदा होला । खर्च जोगाउने प्रयत्न गर्नुहोला । आफन्तको साथ प्राप्त हुनेछ । यश बढ्नेछ । रोकिएको काम बन्नेछ । मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । कार्यव्यापारमा सफलता प्राप्त होला ।
वृष – प्रेमको बन्धन कसिएला । प्रतिष्पर्धी हार खानेछन् । नाम दाम र इनाम हात पर्ला । जोखिमप्रति सचेत रहनुहोला । धन यश मान महत्व आरोग्यता बढ्नेछन् । शारीरिक र आर्थिक कार्यमा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मिथुन – खुशीको समाचार सुन्न पाइएला । दीगो आम्दानी हुने कार्य आरम्भ होला । आरोग्यता बढ्नेछ । आँट उत्साह बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । सुखको कर्ममा प्रवृत्ति बढ्नेछ । कार्यव्यापारमा प्रगति होला । प्रेमपात्रसित भेटघाट हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछन् । गीत संगीतमा आकर्षण बद्नेछ ।
कर्कट – स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्न सक्छ तथापि, आर्थिक समस्याको समाधान प्राप्त हुनेछ । मान महत्वमा कमी आउने छैन । हांसविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा समर्थ रहनुहुनेछ ।
सिंह – आफन्तसँग असमझदारी बढ्न सक्छ । आफ्नो योजना गुप्त राख्नु श्रेयस्कर होला । उत्साह बढ्नेछ । हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । सुख सम्पदा बढ्ला । आरोग्य वृद्धि होला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।
कन्या – व्यापारबाट सोचेभन्दा ज्यादा लाभ होला । वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । विकासको काममा प्रवृत्ति बढ्ला । मान महत्व बढ्ला । साहस बढ्नेछ । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनले साथ दिनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
तुला – कामकाजमा अवरोध हुन सक्छ । हिम्मतले काम लिनुहोला । शुभ र भाग्यवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार होला । आयमा वृद्धि हुनेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।
वृश्चिक – मन मिल्ने साथीभाइ अलिक टाढिन सक्छन् । अध्ययनमा भने रुचि बढ्नेछ । धन सम्पति बढ्ला । साहसिक काम बन्नेछ । मान महत्व बर्चश्व बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । विजयश्री प्राप्त होला । उन्नतिपदोन्नति हुनेछ । आफन्तको सहयोग मिल्नेछ । सुख सुविधाको वस्तु किन्नु हुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु – विवाद र झगडाबाट परै बस्नु उचित रहला । मित्रजनले साथ दिनेछन् । अर्काको भावनालाई उपेक्षा गर्दा समस्या आउन सक्छ । प्रेम सम्बन्धमा चिसोपन देखिन सक्छ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला ।
मकर – शुभकारी दिन छ । दाम र प्रतिष्ठा आर्जन होला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद तथा भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ ।
कुम्भ – पहिलेको लगानीबाट लाभ मिल्ला । स्वास्थ्यमा कमजोरी देखिन सक्छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोतवर्द्धक काममा सफलता पाउनुसँगै सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।
मीन – आम्दानीको तुलनामा खर्च बढ्न सक्छ, खर्चमा नियन्त्रणको प्रयास गर्नुहोला । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कामका साथै वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।
















































