Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गण्डकीमा एमालेका तीन जनाको उम्मेदवारी दर्ता, यस्तो छ मतभार

Author Avatar साझा न्यूज 4th January 2022 , 2:08 PM
गण्डकीमा एमालेका तीन जनाको उम्मेदवारी दर्ता, यस्तो छ मतभार

काठमाडौँ । गण्डकी प्रदेशमा आउँदो माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि नेकपा (एमाले)का तीन उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार आज बिहान ११ बजेदेखि साढे ११ बजेको बीचमा एमालेका पुण्यप्रसाद पौडेल, लीला थनेत थारु र अर्जुनकुमार सुनामले उम्मेदवारी दर्ता गराएका हुन् । कास्कीका पौडेलले अन्य, नवलपुरकी थनेतले महिला र सुनामले दलित क्लस्टरबाट निर्वाचन लड्दै छन् ।

सत्तारुढ गठबन्धनको भागबन्डामा नेपाली कांग्रेसले एक, नेकपा (माओवादी केन्द्र)ले दुई सिट पाएका छन् । गठबन्धनबाट कांग्रेसकी कमला पन्त, माओवादी केन्द्रका सुरेश आले मगर र भुवन सुनार उम्मेदवार छन् ।

मतभार हेर्दा सत्तारुढ गठबन्धनलाई सहज देखिएको छ ।

गण्डकी प्रदेशमा ८५ स्थानीय तहका १७० र ६० सदस्यीय प्रदेशसभाका ५९ गरी २२९ जना मतदात छन् । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सांसद् कृष्ण थापा कारबाहीमा परेपछि प्रदेशसभाको एक पद रिक्त छ ।

प्रदेशसभातर्फ सबैभन्दा धेरै एमालेको मतभार छ । २७ सांसद् रहेको एमालेको मतभार १ हजार २९६ हुन्छ । १५ सांसद् रहेको कांग्रेससँग ७२० मतभार छ । १२ सांसद् रहेको माओवादीसँग ५७६ मतभार छ भने राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)सँग ९६÷९६ मतभार छ ।

स्थानीय तहतर्फ कांग्रेसका ८३ जनप्रतिनिधि छन् । उनीहरुको मतभार १ हजार ४१८ हुन्छ । ७० जना एमाले जनप्रतिनिधिको मतभार १ हजार २६० छ भने १२ जनप्रतिनिधि रहेको माओवादी केन्द्रको मतभार २१६ छ । गण्डकीमा जनमोर्चाका तीन र राप्रपाका २ जनप्रतिनिधि छन् । जनमोर्चाको ५४ र राप्रपाको ३६ मतभार छ ।

नेकपा (एकीकृत समाजवादी)को भने एकजना मात्र मतदाता छन् । स्याङ्जाको आँधीखोला गाउँपालिकाकी उपप्रमुख एकीकृत समाजवादीकी एकमात्र मतदाता हुन् । एकीकृत समाजवादीसँग १८ मतभार छ ।

गण्डकी प्रदेशमा स्थानीय र प्रदेशसभा गरी एमाले एक्लैको मतभार २ हजार ५५६ हुन्छ । ५ दलीय गठबन्धनमा कांग्रेस (२,१९६), माओवादी केन्द्र (७९२), जसपा (९६), जनमोर्चा (१५०) र एकीकृत समाजवादी (१८) मिल्दा मतभार ३ हजार २५२ हुन आउँछ । यसरी हेर्दा ५ दलीय गठबन्धनसँग एमाले ६९६ मतभारले पछाडि छ ।

स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ पनि गठबन्धनबाट सरकारमा सहभागी छन् । उनले पनि गठबन्धनलाई मत हाल्दा ३ हजार ३०० मतभार हुने देखिएको छ ।

राष्ट्रियसभाको निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेश सभाका सदस्य सहभागी हुन्छन् । स्थानीय तहका प्रमुख/उपप्रमुखको १८ र प्रदेश सभा सदस्यको मतभार ४८ हुने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज