काठमाडौँ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूलाई कोरोना संक्रमण पुष्टि भएसँगै केन्द्रीय सरकारका मन्त्री पनि जोखिममा परेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, रामप्रसाद सापकोटा, सुबोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी)अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटा, महेन्द्रबहादुर शाहीलगायत नेताहरूलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
महाधिवेशनमा सहभागी पत्रकारहरूमा पनि कोरोना संक्रमण भएको छ । साथै माओवादी कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोना संक्रमण भएको छ ।
माओवादी केन्द्रीय सरकारमा आबद्ध छ । महाधिवेशनमा सहभागी भएका पम्फा भुसाल, जनार्दन, देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज माओवादीबाट मन्त्रिपरिषद्मा छन् । जस कारण सरकारका मन्त्री पनि कोरोना संक्रमणको जोखिममा छन् ।
प्रचण्डसँग भेटेका प्रधान मन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसिसकेका छन् । पछिल्लो महिनायता राजनीतिक दलका महाधिवेशन र गतिविधिले कोरोना संक्रमण जोखिम बढाएको भन्दै चिन्ता जनाउन थालिएको छ । देशभरबाट आएका नेता तथा कार्यकर्ता जनस्वास्थ्यको मापदण्ड पालना नगरी सहभागी गराएर राजनीतिक गतिविधि गरिएको थियो ।