Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई आयोगको आग्रह

Author Avatar साझा न्यूज 25th January 2022 , 4:10 PM
स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । आज (मंगलबार) विज्ञप्ति निकाल्दै आयोगले सरकारसँग छिटो मिति तोक्न आग्रह गरेको हो । आयोगले २०७९ वैशाख मसान्त भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको जनाएको छ ।

निर्वाचन व्यवस्थापनका लागि कानुनत:१२० दिन आवश्यक पर्ने भन्दै आयोगले भनेको छ ‘स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन, मतदान स्थलहरूको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्व तयारीका कार्यहरु निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरेअनुसार निर्वाचनको मिति तोकिएमा २०७९ वैशाख मसान्त भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको छ ।’ निर्वाचनको मिति तोक्न ढिलाइ गर्दा कठिनाइ झन् बढ्दै जाने भन्दै आयोगले आयोगको परामर्शमा यथाशीघ्र मिति तोक्न आग्रह गरेको हो ।

आयोगले भनेको छ, ‘वर्तमान संवैधानिक एवम् कानुनी व्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्ब हुँदै जान्छ, त्यति नै निर्वाचन व्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जान्छ भन्ने तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ ।’ आयोगले स्थानीय तहका जनप्रतिनिधिको अवधि ५ जेठमा सकिने भन्दै त्यसअघि नै चुनाव गर्नुपर्ने बताएको छ। आयोगले वैशाख १४ र २२ मा चुनाव गर्न सरकारलाई सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज