काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पपकमल दाहाल ‘प्रचण्ड’ले मधेस माओवादीमय हुँदै गरेको बताएका छन् ।
मधेसबाट विभिन्न पार्टी परित्याग गरी माअमेवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले मधेसका नाममा राजनीति गर्नेहरू ओलीको पुच्छर बनेको आरोप लगाए ।
उनले भने, “मधेस पहिचान भनेर खुलेका पार्टी पछिल्लो समय ओलीसँग साँठगाठ गरेकाले उनको ध्यान के रहेछ भन्ने प्रष्ट छ ।”
बिहीबार रुपन्देही सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला (बब्लु), वडा अध्यक्ष श्रवणकुमार यादवलगायत जनप्रतिनिधि र राजनीतिक कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई अध्यक्ष प्रचण्डले स्वागत गरेका छन् ।