Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हामीले कुनै देशका परियोजनाको आधारमा गठबन्धन बनाएका होइनौं : प्रचण्ड


हामीले कुनै देशका परियोजनाको आधारमा गठबन्धन बनाएका होइनौं : प्रचण्ड

काठमाडौं । सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन टुटाउने र सरकार ढलाउने खेल भइरहेको बताएका छन् ।

उनले सत्तारुढ गठबन्धन कुनै सम्झौताको आधारमा नबनेको बताएका छन् । माओवादीले पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजना गरेको ‘जनयुद्ध दिवस’ कार्यक्रममा प्रचण्डले भने, ‘हामीले कुनै देश विशेषसँग गरेको सहमति, सम्झौता, परियोजना, आर्थिक सहयोग या लेनदेनको आधारमा गठबन्धन बनाएको होइन ।’

प्रचण्डले ’प्रतिगमन’ गर्नेहरू चुप नबसेको भन्दै ’प्रतिगमन विरोधी आन्दोलबनाट आएको गठबन्धन सरकार गिराउन खोजिएको’ बताए । उनले गठबन्धन बनाउँदाका आधारमा सबै टिक्नुपर्ने उल्लेख गरे । ’गठबन्धन बनाउँदा केही सैद्धान्तिक र केही राजनीतिक मान्यताहरूलाई अगाडि सारेका थियौं । तिनै मान्यताका आधारमा गठबन्धन बनाएका हौं ।’ उनले भने, ‘संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षामा एकमत भएर त्यसैलाई लिपीबद्ध गरेर गठबन्धन बनेको हो र यो सरकार गठन भएको हो ।

यो गठबन्धन सुदृढ हुँदै जाने या कमजोर हुने भन्ने कुरा गठबन्धन सुरु गर्दा जुन सैद्धान्तिक र राजनीतिक मान्यतामा खडा थियौं, त्यसमा खडा भएर यो गठबन्धन अगाडि बढाउनुपर्छ । संविधान लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षा गर्नुपर्छ ।’ एमसीसी सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमा रहेका दलहरूबीच एकमत नभएको बेला प्रचण्डको यो अभिव्यक्ति आएको हो । उनले आफ्नो सम्बोधनका क्रममा एमसीसीको नाम भने उल्लेख गरेनन् । तर‚ गठबन्धन टुट्न नहुनेमा भने उनको जोड थियो ।

‘आज कसैले कुनै परियोजनासँग सम्बन्धित गराएर गठबन्धनको भाग्य र भविष्यबारे सोच्छ भने त्यसको ऐतिहासिक धरातल भत्काउने जस्तै हुन जान्छ । हामीले यो गठबन्धन जुन मूल्य र मान्यतामा टेकेर बनाएका हौं त्यसैमा दृढ रहौं,’ उनको आग्रह थियो । प्रचण्डलले सरकार ढलाउन र चुनाव बिथोल्न विभिन्न प्रपञ्च भइरहेको पनि बताए । ‘यो सरकार गिराउन, चुनावलाई बिथोल्नका निम्ति अनेक खालका प्रपञ्च भइराखेका छन्,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

रवि लामिछानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

रास्वपालाई सरकारमा फर्काउने तयारी

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको  मतदान‍ कार्य जारी

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी

हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि