Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

`पानी र जवानी´ बेच्ने देश कहिल्यै समृद्ध बन्न सक्दैन !

Author Avatar साझा न्यूज 24th February 2022 , 11:34 AM
`पानी र जवानी´ बेच्ने देश कहिल्यै समृद्ध बन्न सक्दैन !

–प्रीति रमण

नेपालको विकास कसरी होला ? नेपालको विकास पूर्वाधार कृषि, जलस्रोत र पर्यटन हो । तर यी तीन वटै क्षेत्र अस्तव्यस्त अवस्थामा रहेका छन् । त्यसैले देशको विकासको पूर्वाधारतर्पm  सरकारको ध्यान पुगेको पाइदैन । सरकारले कृषिको विकास गर्ने तर्पm बिल्कुलै दृष्टि पु¥याएको पाइदैन । हुनत हाम्रो   े देश कृषि प्रधान देश हो । तर हामीले एक वर्षमा ४५ अर्बको चामल बाहिरबाट आयात गरेर गुजारा चलाइ रहेका छौं । विभिन्न तथ्यांकबाट स्पष्ट भएको यो डरलाग्दो विषयले पनि सरकारलाई छोएको छैन । व्यापार घाटाले देश भिखमंगा जस्तो भइसकेको छ । तर पनि व्यापार घाटा कसरी कम गर्ने भन्ने सोच सरकारले बनाउन सकेको छैन ।

विकासको निम्ति जनशक्ति आवश्यक हुन्छ । सोच्न शक्ति भएको जनशक्ति पनि नेपालबाट बाहिरिन बाध्य भएका छन् । शिक्षा अनुसार रोजगारी नपाए पछि विदेशिनु नेपालीहरुको बाध्यता बनेको छ । शिक्षा आर्जन नपाएका तर बलिया पखुरा भएका युवाहरु पनि रोजगारीका निम्ति बाहिरिन बाध्य भएका छन् । यसरी नेपाली युवाहरु रोजगारीकै निम्ति विदेसिने क्रमले निरन्तरता पाएको छ । अहिले विदेसिएका नेपालीहरुको संख्या ८० लाख पुगेको अनुमान गरिएको छ । यो संख्या भनेको नेपालको कूल जनसंख्याको लगभग एक तिहाई  नजिकको संख्या हो । जुन देशको युवा शक्ति विदेसिएको छ । त्यो देशमा विकासको आशा कसरी गर्ने ? त्यसैले सरकारले पनि परनिर्भरतालाई महत्व दिदै रोजगारी सृजना तर्पm चासो नदेखाएको हुन सक्छ । यो अवस्था नेपालको निम्ति दुखद हो ।

विकासका पूर्वाधारहरु सदुपयोगको निम्ति दक्ष र अदक्ष जनशक्ति आवश्यक हुन्छ । दक्ष जनशक्तिले योजना तर्जुमा गर्छ भने अदक्ष जनशक्तिले शारिरीक परिश्रमबाट परिणाम दिन सक्छ । तर नेपालले दक्ष र अदक्ष दुवै जनशक्ति गुमाएको अवस्था छ । कृषि कर्ममा पाखुरा चलाउने युवा शक्ति ८० लाखको संख्यामा रोजगारीका लागि विदेशीएका छन् । कोरोना संक्रमणका कारण ती युवाहरु विदेशबाट स्वदेश फर्किने सम्भावना बलियो बनेको अवस्थालाई समेत नेपाल सरकारले सदुपयोग गर्न सकेन ।

अहिले पनि कोरोना भाइरसको नयाँ भेरियन्ट विकसित हुने चर्चा व्यापक भइरहेको छ । तर नेपालबाट युवा शक्ति बाहिरिने क्रम रोकिएको छैन । यो अवस्थाले खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तुहरुको  आयात घट्ने सम्भावना विलकुलै देखिदैन । कोरोना संक्रमणबाट हुने महामारी संसारभरको संकट  बनेको छ । र यो प्रमुख चिन्ताको विषय पनि बनेको छ । विकसित र शक्तिशाली भनिएका देशहरु पनि कोरोना संक्रमणबाट प्रभावित भएका छन् । कोरोनाका सामु शक्तिशाली मुलुकहरु पनि निरीह बन्न पुगेका छन् । कमजोर र कम विकसित देशको त झन कुरै गर्नु व्यर्थ हो । संसारभरी नै रोजगारीहरु प्रभावित भएका छन् । विदेशीएका नेपाली युवाहरु विदेशमै बेरोजगार बनेका पनि छन् ।  तर उनीहरुको लागि नेपाल आउने वातारण बनाउन नेपाल सरकारले ध्यान दिएको छैन । विदेसिएका युवाहरुको नेपाल फर्किने वातावरण बनाउन रोजगारी सृजना गर्नु आवश्यक हुन्छ । नेपालमा रोजगारी सृजन ागर्न सबै भन्दा उपयुक्त ठाउँ भनेको कृषि क्षेत्र नै हो । तर कृषि क्षेत्र अस्तव्यस्त छ । उत्पादन घटेको छ । खेतीको समय आएपछि रासायनिक मलको अभाव सृजना गरिएको छ । उन्नत बिउको अभाव भइरहने गरेको छ । यस्ले गर्दा उत्पादन बढ्ने आशा हराएको छ ।

कतिपय देशरुमा बेरोजगारीका कारण नेपाली युवाहरु सडकमा बास बस्न बाध्य भएका छन् र त्यतै मृत्युवरण गरेका पनि छन् । विदेश जानु नेपालीहरुको रहर होइन । रोजगारीको निम्ति विदेश जानु बाध्यता हो । यो बाध्यतालाई अन्त्य गर्न सरकारले ध्यान पु¥याएको छैन । बरु सरकारले विदेशी मुलुकहरुसँग श्रमिकहरु पठाउनका निम्ति सम्झौता गरिरहेको पाइन्छ । सम्झौता पनि युवाहरुलाई विदेश जान आह्वान गरिएको पाइन्छ । यो नै सरकारको नालायिकीपन हो । श्रम बेचेर संसारको कुन देश सम्पन्न भएको होला र ?

विश्व बैंकले गरेको एक अनुमानित प्रक्षेपणअनुसार अल्पविकसित र विकासोन्मुख देशहरुको यो वर्ष कूल ग्रार्हस्थ्य उत्पादन ऋणात्मक अवस्थादेखि २ प्रतिशत र विकसित देशहरुको कूल ग्रार्हस्थ्य उत्पादन २ देखि ७ प्रतिशतभित्र रहने अनुमान छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका अनुसार कोरोना भाइरस महामारीको कारणबाट विश्वभर १३ करोड ५० लाख जनसंख्या भोकमरीको जोखिमतर्फ उन्मुख हुने आकलन छ । नेपाल कृषि प्रधान देश भएका कारणले यहाँ विश्वव्यापी रुपमै हुने भोकमरीको सम्भावनालाई मध्यनजर गरेर कृषि उत्पादन बढाउने तर्पm ध्यान पुग्नु पर्ने हो । तर सरकार लाचार छ । त्यसतर्पm सरकारको कुनै योजना छैन ।

कृषि उत्पादनतर्पm ध्यान नपु¥याउने हो भने कोरोना महामारीबाट खाद्य असुरक्षातर्फ उन्मुख हुने विश्वलाई खाद्यान्न निर्यात गर्ने हैसियतमा नेपाल पुग्न सक्ने थियो । नेपालमा जनसंख्या पनि बढिरहेको छ । यो बृद्धिदर संसारमै उच्च रहने खतरा सजिलै आकलन गर्न सकिन्छ । ४५ अर्ब चामल खरिद गरिरहेको हाम्रो देश नेपालले थप कति सम्म समस्या झेल्नु पर्ने हो ? अनुमान गर्न सकिन्छ ।

त्यसैगरी नेपालको विकासका पूर्वाधार जलस्रोत हो । जलस्रोतको सदुपयोग तर्पm नेपालले ध्यान पु¥याउने हो भने नेपाल समृद्धितर्पm पुग्न धेरै समय लाग्ने छैन । जलस्रोतको सदुपयोग विना कृषि क्षेत्रमा विकास पनि गर्न सकिदैन । र साथै जलस्रोतको सदुपयोग विना पर्यटन क्षेत्रमा पनि विकास गर्न सकिदैन । कृषि र  पर्यटनको विकासका लागि जलस्रोतको उपयोग सबैभन्दा प्रभावकारी हुन्छ । जलस्रोतको उपयोगबाट उर्जा उत्पादन गर्न सकिन्छ । उर्जाबाट सबैक्षेत्रको विकास सम्भव हुन्छ । तर सरकारले यसतर्पm पनि चासो देखाएको छैन । बरु जलसम्पदा पनि विदेशी शक्तिलाई सुम्पिने क्रम जारी छ । नेपालका महत्वपूर्ण जलसम्पदाहरु छिमेकी देश भारतको कब्जामा परिसकेका छन् । नदी बेचेर धनी बन्ने सपना नेपालका राजनीतिक दलका नेताहरुले देखिरहेका छन् । पछिल्लो अवस्थामा अमेरिकासँग गरिएको एमसीसी सम्झौता मार्पmत नेपालमा विद्युत उत्पादन गरेर भारतको गोरखापुरमा भण्डारण गर्ने अदुरदर्शी र विकास विरोधी काम भइरहेको छ । संसदमा टेबल भइसकेको एमसीसी सम्झौता पारित भयो भने त्यसको परिणाम छिट्टै नै देखिने छ । नेपालको जलसम्पदामाथि  धेरै पहिले देखि नजर लगाइरहेको छिमेकी देश भारतले नेपालको जलसम्पदा कब्जा ग¥यो भने नेपालको विकासको पूर्वाधार समाप्त हुने छ । त्यसपछि नेपालले विकासको गति लिन सक्ने छैन । किनकी पानी र जवानी बेच्ने देश कहिल्यै समृद्ध बन्न सक्दैन, समृद्ध भएको देखिएको पनि छैन ।-जनधारणा साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज