Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठ सिफारिस

Author Avatar साझा न्यूज 22nd April 2022 , 1:58 PM
राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठ सिफारिस

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ । महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको गरेको हो ।

यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवारमा मदनसहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नाममा छलफल भएको थियो । उपप्रमुख कसलाई बनाउने भन्ने बारेमा राप्रपाले निर्णय गरिसकेको छैन । सम्भवत आजै उप मेयरको टुङ्गो लगाउने राप्रपाको तयारी छ । त्यस्तै ललितपुर महानगरपालिकामा भने राप्रपाबाट अष्ट महर्जन र हसिना शाक्यको दाबेदारी रहेको छ ।

महर्जन राप्रपाको ललितपुर जिल्ला अध्यक्ष हुन् भने शाक्य एक साताअघि मात्र नेकपा माओवादी केन्द्रबाट राप्रपामा प्रवेश गरेकी हुन् । शाक्य गएको स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरको उपमेयरमा माओवादी केन्द्रबाट उठेकी थिइन् । उनले उक्त निर्वाचनमा १३ हजार बढी मत प्राप्त गरेकी थिइन् । पोखरा महानगरपालिकामा भने विश्व हिन्दू महासंघका उपाध्यक्ष शंकर खराल मेयरको उम्मेदवार बन्ने निश्चित भइसकेको राप्रपाले जनाएको छ ।

मेयरको उम्मेदवारका लागि विभिन्न व्यक्तिको विषयमा छलफल भइरहेको र शुक्रबारसम्मा टुंगोमा पुग्ने राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए । राप्रपाले काठमाडौंसहितका महानगरपालिकामा भने तालमेल नगर्ने उनले बताए । एमालेको तर्फबाट मेयरमा पुराना नेता केशव स्थापीत र वर्तमान मेयर विद्यासुन्दर शाक्यको नाम चर्चामा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज