Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कुन चीज कति बेला खाने ?

Author Avatar साझा न्यूज 24th June 2022 , 11:55 AM
कुन चीज कति बेला खाने ?

काठमाडौँ — भोक मेटाउन जतिबेला जुन खाना भेट्यो त्यही खाने धेरैको बानी हुन्छ । कुन परिकार कतिवेला खाँदा के फाइदा/बेफाइदा हुन्छ भन्ने ज्ञान धेरैमा हुँदैन । खानेकुराको मामिलामा पोषणविज्ञहरूसँग राय, सुझाव लिने चलन पनि हामीकहाँ छैन ।

पोषणविज्ञहरूका अनुसार खानाअनुसार खाने समय मिलाउँदा शरीरलाई फाइदा पुग्छ भने उल्टोपाल्टो पर्दा बेफाइदा हुन्छ । राति भात खानु ठीक होइन भन्ने कतिपयको बुझाइ छ, तर राति भात खानु राम्रो हुने पोषणविज्ञहरू बताउँछन् । भात छिटो र राम्रोसँग पच्छ जसले गर्दा राति निद्रा पनि राम्रो लाग्छ । यद्यपि राति थोरै भात खानुपर्छ । बिहान र बेलुका दुवै छाक भात खानुचाहिँ ठीक होइन । यसले मधुमेह बढाउन सक्छ ।

दही

दही खाने उत्तमसमय दिउँसो हो । दिउँसो दही खाँदा पेट पनि दुरुस्त रहन्छ । राति दही खानु हुँदैन । राति दही खाँदा रुघाखोकी तथा कफको समस्या सिर्जना हुनसक्छ ।

चिनी

चिनी पनि दिउँसो नै खानु उपयुक्त हुन्छ । राति गुलियो खाँदा मधुमेहको खतरा वृद्धि हुन्छ । राति चिनी खाँदा राम्रोसँग निद्रा नलाग्न सक्छ ।

ओखर

राति सुत्नुअघि स्न्याक्सका रूपमा ओखर खानु उपयुक्त हुन्छ । यसले शरीरमा मेलाटोनिन हार्मोन बनाउने काम गर्छ । मेलाटोनिनले राम्रो निद्रा लगाउँछ ।

केरा

व्यायामपछि केरा खाँदा राम्रो ऊर्जा प्राप्त हुन्छ । केरा पनि दिउँसो खानु राम्रो मानिन्छ । दिउँसो खाएको केराले लामो समयसम्म भोक लाग्न दिँदैन । सुत्नुअघि केरा खानु उपयुक्त हुँदैन, राति केरा खाँदा चिसो लाग्ने सम्भावना हुन्छ ।

दाल

बिहान र दिउँसोको खानासँग दाल खानु राम्रो हो । दिउँसो दाल खाँदा राम्रोसँग पच्ने र पेटमा ग्याँस भरिने खतरा हुँदैन । राति भने सकेसम्म दाल खानु हुँदैन, किनभने दाल छिटो पच्दैन ।

चिज

चिज बिहान खानु राम्रो मानिन्छ । साँझ वा राति चिज खाँदा पचाउन गाह्रो हुन्छ भने शरीरको तौल बढ्ने जोखिम वृद्धि हुन्छ ।

दूध

दूध राति पिउनु उपयुक्त हुन्छ । सुत्नुअघि दूध पिउँदा राम्रो निद्रा लाग्छ । त्यसो त दूध जुनसुकै बेला पनि पिउन सकिन्छ ।

कफी

कफी बिहान पिउनुपर्छ । बिहान पिइएको कफीले शरीरलाई ऊर्जा प्रदान गर्छ भने निद्रासमेत लाग्न दिँदैन । साँझ ७ बजेपछि कफी पिउनुहुँदैन किनभने त्यसले निद्रालाई प्रभावित तुल्याउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

भर्खरै प्रकाशित

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज