Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रामेछाप बस दुर्घटना अपडेट : ‘ब्रेक फेल’ हुँदा दुर्घटना


यात्रुवाहक बसको ठक्करबाट प्रहरी जवानसहित दुई जनाको मृत्यु

रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा नौ जनाले अकालमै ज्यान गुमाए ।नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नभएकाले यस्ता सवारी दुर्घटनाहरु बढ्दो छ ।

रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासि भिरमा खसेर तल्लो सडकमा बजारिँदा नौ यात्रुको ज्यान गयो । दुर्घटनाको यकिन कारण त खुलिसकेको छैन तर प्रारम्भिक अनुसन्धानबाट भने बसको अवस्था ठिक नभएको भन्ने खुलेको छ । सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार उक्त गाडी अघिल्लो दिन पनि ब्रेक फेल भएको भनेर सामान्य कसकास गरेर यात्रु बोक्न तयार पारिएको थियो ।

तर बसको अवस्था राम्ररी जाँच नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ । आज बिहान झन्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको हो । दुर्घटनास्थल दुई गाउँपालिकाको सीमामा पर्ने भए पनि सुनापाती–५ कै क्षेत्र लुभुघाटमा भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए ।

हिँडेको केही घन्टापछि (करिब १० किमी गुडेपछि) बस दुर्घटनामा परेको बताइएको छ । गाउँलेको भनाइ उद्धृत गर्दै सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले माथिदेखि नै बस असन्तुलित हुँदै आएको र त्यहाँको ठूलो घुम्तीमा मोड्न नसकी बस सिधै खसेको बताए ।

उनका अनुसार घटनास्थल रामेछापको जिल्ला सदरमुकाम मन्थलीबाट झन्डै ६३ किलोमिटरमा छ । दुर्घटना भएको स्थलबाट मध्यपहाडी राजमार्ग भेट्न केही सय मिटरको मात्रै दूरी थियो । त्यसपछि केही राम्रो सडक थियो । त्यहाँबाट केही किलोमिटरको दूरीमा विपी राजमार्ग (पक्की सडक) भेटिने पनि उनले बताए।

बिहान अन्दाजी १० बजेतिर भएको उक्त दुर्घटनामा मृत्य भएका नौमध्ये चार महिला र पाँच पुरुष छन् । उनीहरुको पहिचान खुलेको छैन । दुर्घटनामा अन्य २३ यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।

तीनजना घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले जानकारी दिए । बस सडकबाट झन्डै ३०÷३५ मिटर तल खसेर तल्लो सडकमा पुगेको छ । अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गरिने

उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गरिने

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, अझै १५ प्रतिशत मजदुर न्यूनतम पारिश्रमिकबाट वञ्चित

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, अझै १५ प्रतिशत मजदुर न्यूनतम पारिश्रमिकबाट वञ्चित

आजदेखि हलमा ‘प्रेमा’

आजदेखि हलमा ‘प्रेमा’

आपतकालिन कार्यलाई चलायमान बनाउन छलफल

आपतकालिन कार्यलाई चलायमान बनाउन छलफल

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

भर्खरै प्रकाशित

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि