Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमालेको सरकार बनेमात्रै देश बन्छ : महासचिव पोखरेल


एमालेको सरकार बनेमात्रै देश बन्छ : महासचिव पोखरेल

सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेल नेकपा एमालेको सरकार बनेमात्रै देश बन्ने दाबी गरेका छन्। नेकपा एमाले सिन्धुलीलेले बुधबार मरिण गाँउपालिका(४ सहानमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले त्यसका लागि राजनीतिक ध्रुवीकरणसहितको नेतृत्व एमालेले गर्न खोजिरहेको स्पष्ट पारे।

‘हामी एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा एकीकृत गर्दै प्रदेश र संघीय निर्वाचनमा ठूलो दलका रुपमा स्थापित गर्ने अभियानमा जुटेको छौं। एमालेको सरकार बनेमात्र यो देश बन्छ,’ उनले भने।

पोखरेलले यस अभियानमा नेकपमा माओवादी र एकीकृत समाजवादीका नेता कार्यकर्ताहरुलाई समेत एमालेमा गोलबद्ध हुन आह्वान गरे। ‘आउनुस् वामपन्थी आन्दोलनका सबै मित्रशक्तिहरु नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गरौँ। अब नेपाललाई कुन बाटो हिँडाउने भन्ने प्रश्नको जवाफ जनताको बीचबाट खोजौं,’ उनले थपे।

दलहरुको गठबन्धनले देश बनेको इतिहास कतै नभएको चर्चा गदै उनले आन्तरिक नेतृत्व र राजनीतिक स्थायित्वले मात्रै देश बन्ने बताए। उनले थपे, ‘गठबन्धन अस्थिरताको परिणाम हो। गठबन्धनको नाटकबाट मुलुकले स्थायित्व प्राप्त गर्न सक्दैन। बलियो राष्ट्रिय शक्तिले मात्र मुलुकमा राजनीतिक स्थायित्व दिनसक्छ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गर्दै महासचिव पोखरेलले नेकपा माओवादी केन्द्र सरकारमा भए पनि उसले दलाल पुँजीवादको सेवा गरिरहेको आरोप लगाए।

प्रचण्ड र माधवकुमार नेपालका कारण नेकपा एमालेलाई षड्यन्त्रपूर्ण तरिकाले विभाजन गरिएको समेत उनको आरोप छ। महासचिव पोख्रेलले प्रचण्ड सत्ताबिना बस्न नसक्ने पनि टिप्पणी गरे। महासचिव पोख्रेलले जनताका लागि बोलेका कुराहरु पूरा गर्न सक्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित चार सय बढी नेकपा एमालेमा प्रवेश गरेका छन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्य मिथिला फुयाँल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामकुमार पौडेल, मरिण गाउँकमिटिका निवर्तमान अध्यक्ष गोपाल बुढाथोकीलगायत ४४८ जना एमाले प्रवेश गरेका हुन्। पौडेले राष्ट्रिय भूमि आयोग सिन्धुलीका अध्यक्षसमेत हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

आर्थिक सङ्कट समाधानका लागि राजनीतिक सहमति कायम गरौँ : नेता कोइराला

आर्थिक सङ्कट समाधानका लागि राजनीतिक सहमति कायम गरौँ : नेता कोइराला

कर्णाली प्रदेशसभाको बैठक बस्दै

कर्णाली प्रदेशसभाको बैठक बस्दै

फागुन १० भित्रै सत्ता गठबन्धन भत्किन्छ : महामन्त्री थापा

कांग्रेस मजबुद बनाउन लागिपरेको छुः महामन्त्री थापा

स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोज्नुभयाे माओवादी केन्द्र

स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोज्नुभयाे माओवादी केन्द्र

तातोपानी नाकामा महिनैपिच्छे नेपाल–चीन बैठक

तातोपानी नाकामा महिनैपिच्छे नेपाल–चीन बैठक

भर्खरै प्रकाशित

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

बालविवाहविरुद्ध धामीझाँक्री

बालविवाहविरुद्ध धामीझाँक्री

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि