Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रमुख दलहरुले आज समानुपातिक तर्फको बन्दसूची बुझाउँदै : उम्मेदवार छनोट गर्न सकस

Author Avatar साझा न्यूज 19th September 2022 , 8:33 AM
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ता सुरु

काठमाण्डाै – प्रमुख दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव समानुपातिक तर्फको बन्दसूची आज बुझाउँदैछन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुले आज सूची बुझाउन लागेका हुन् । प्रमुख दलहरुलाई आकाङ्क्षी धेरै हुँदा नाम टुङ्गो लगाउन सकस परेको छ ।

निर्वाचन आयोगले बन्दसूची बुझाउन हिजो र आजको कार्यतालिका बनाएकोमा पहिलो दिन हिजो साना चार दलले मात्रै बन्दसूची बुझाएका छन् । ठूला दल मात्रै होइन आकाङ्क्षी छान्न नसकेर जसपा, लोसपा र राप्रपाले पनि हिजो सूची बुझाउन सकेनन् । बन्दसूची असोज १६ गतेसम्म सच्याउन मिल्ने भएकाले बुझाइएको नाम नै अन्तिम भने हुनेछैन ।

आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन् । निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै झण्डै २० हजार हुने आयोगको अनुमान छ ।

मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउँछन् । यसअनुसार प्रतिनिधि सभामा १ सय १० र प्रदेश सभामा दुई सय २० सांसद समानुपातिकबाट छानिन्छन् ।

निर्वाचन आयोगका अनुसार असोज ४ देखि ९ गतेसम्म दलले बुझाएको बन्दसूचीमा कमजोरी भएमा सच्याउन समय तोकिएको छ । आयोगबाट जानकारी पाएपछि १० देखि १६ गतेसम्म बन्दसूची संशोधन गरी बुझाइसक्नुपर्ने निर्वाचन कार्यक्रम छ ।

दलले बुझाएको विवरणमा समूह फरक परेको, उम्मेदवारको स्व:घोषणा नभएको, नागरिकता, मतदाता परिचयपत्र नरहेको भए संशोधन गरेर ल्याउन समय दिइने समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

भर्खरै प्रकाशित

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज