साझा न्यूज । तौलिहवा
हिन्दू राष्ट्र, सुशासन र समृद्धिका लागी कपिलबस्तुको क्षेत्र नं. १ को २ बाट प्रदेश सभामा उम्मेदवारी दिएको महेन्द्र शरण सिंह चौधरीले बताउनु भएको छ । उहाँले कपिलबस्तु नगरपालिका वडा नं. ८ को दोहनीमा पत्रकार संग कुरा गर्दै सो कुरा बताउनु भएको हो । समृद्ध र भ्रष्टाचार मुक्त प्रदेश निर्माण र सुशासन कायम गर्नको लागि आफुले उम्मेदवारी दिएको चौधरीले बताउनुभयो ।
जिल्लाको समग्र बिकासको काम गर्ने योजना मैले प्राथमिकतामा राखेको छु, चर्चित लोकप्रिय नेता चौधरीले भने, प्रदेशमा पहिलो एजेण्डा समृद्ध समाज भ्रष्टाचार मुक्त प्रदेश सुशासन कायम गर्नु र कृषिमा प्रचुर सम्भावना भएको लुम्बिनी प्रदेशमा कृषिमा यान्त्रिकीकरण गरेर उत्पादन बढाउने, पर्यटकीय स्थानको पहिचान गरी दिगो विकास गर्ने, शिक्षामा पछाडिएको प्रदेशमा शैक्षिक सुधार गर्ने अठोटका साथ उम्मेदवार बनेको छु ।
चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कपिलबस्तुको क्षेत्र नं. १ को २ बाट उम्मेदवारी दिनु भएको हो ।
















































