Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तिहारमा पनि बढेन मादलको बिक्री


सङ्कटमा मादल व्यवसाय

रामप्रसाद नेपालीले जिल्लाको कावासोतीमा मादलको व्यापार गर्न थालेको २२ वर्ष पुगेको छ। मादल बेचेरै दुई दशक बिताएका उनको पसलमा यसपालि भने ग्राहकको खासै चहलपहल छैन। नयाँ मादल किन्नेको सङ्ख्या निकै न्यून छ। तिहारले छोपिसक्दा केही पुराना मादलमा खरी हाल्न आउने गरेका छन्। तर नयाँ मादल किन्नेको सङ्ख्या निकै न्यून भएको उनले बताए। ‘तिहारले छोपिसक्यो, नयाँ मादल तेस्तै २५ वटा राखेको थिएँ, लगभग सबै बाँकी छ, बिक्री भएको छैन, पुरानो केही मादलमा खरी लगाउने कामबाहेक अहिले केही छैन’, व्यवसायी नेपालीले भने, ‘तिहारमा मादलको किनबेचमा ग्राहको चहलपहल छैन।’

पछिल्लो केही दिनयता दैनिक १० जतिका दरले पुराना मादलमा खरी लगाउने काम आउने गरेको उनको भनाइ छ। बाइस वर्षदेखि हुलाकी मादल पसल सञ्चालन गर्दै आएका उनका अनुसार पछिल्लो पाँच वर्षयता तिहारमा मादलको व्यापारमा कमी आउँदै गएको बताए। त्यसअघिसम्म नयाँ मादल राम्रै बिक्री गर्दै आएको भए पनि अहिले क्रमशः व्यापारमा कमी हुँदै गएको उनको भनाइ छ। ‘पहिले तिहारमा नयाँ मादलको माग धेरै हुन्थ्यो, खरी लगाउने काम पनि भ्याइनभ्याई हुने गथ्र्यो तर केही वर्षयता घट्दै गएको छ’, उनले भने।

मादलबाट पहिले राम्रै आम्दानी हुने गरेको भए पनि अहिले बिक्रीमा कमी हुँदा आम्दानीसमेत घट्दै गएको उनले बताए। तर वर्षौँदेखि आफूले जानेको सीप, किन खाली बस्नु भनेर यही व्यवसाय गरिरहेको नेपालीले बताए।

अहिले उनले नयाँ मादल आकार हेरि रु दुई हजार पाँच सयदेखि रु छ हजारसम्ममा बेच्ने गरको बताए। यस्तै पुरानो मादल मर्मत र खरी लगाउन भने कम्तीमा रु एक हजार दुई सय लाग्ने नेपालीले सुनाए।

पछिल्लो समय तिहारको देउसीभैलोमा ‘डेक’ बजाउने चलन भित्रिएसँगै मादलको व्यापारमा कमी आएको बताइन्छ। पहिले मादल बजाएर मादलकै भरमा देउसीभैलो खेल्ने चलन भए पनि हिजोआज कलाकारका गीत ‘डेक’मा बजाएर देउसीभैलो खेल्ने गर्दा मादलको प्रयोग घट्दै गएको उनको भनाइ छ। ‘पहिले मादल नभई देउसीभैलो हुन्थेन, अहिले डेकमा गीत बजायो, नाच्यो, सजिलो भयो, त्यसैले मादल खोज्ने कम हुनथाले’, उनले भने।

पहिले–पहिले देउसीभैलो खेल्ने समूह टोलटोलमा हुने र मादलकै भरमा गाउने नाच्ने चलन भए पनि हिजोआज त्यसमा कमी आएको देवचुलीका प्रेमनारायण रिमालले बताए। भए पनि मादलको तालमा गीत गाउने, देउसी भट्याउने चलनमा कमी हुँदै गएको उनले बताए। ‘पहिले हाम्रै टोलका दुई, तीन समूह देउसीभैलो खेल्ने हुन्थे, मादलको तालमा देउसी भट्याउने, गाउने, नाच्ने चलन थियो, अहिले गाउँघरमा यस्ता टोली हराउँदै गए’, उनले भने, ‘कहीँकतै समूहमा देउसी खेल्न हिँडे पनि यसो देउसी भट्याएजस्तो गर्‍यो, डेकमा गीत लगायो नाच्यो, सजिलो भयो।’ डेकका गीतमा नाच्ने र देउसी खेल्ने गरे पनि पुरानो संस्कृति र देउसीभैलो खेल्दा विभिन्न विषयलाई जोडेर भट्याउने चलनलाई पनि कायम राख्नुपर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

गण्डकीमा भोलि सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल

गण्डकीमा भोलि सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल

जिपमाथि ढुङ्गा खस्दा ३ जनाको मृत्यु, ३ घाइते

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

मौरीको चरन अभाव हुँदा म्याग्दीमा मह उत्पादन घट्यो

मौरीको चरन अभाव हुँदा म्याग्दीमा मह उत्पादन घट्यो

जाजरकोट जीप दुर्घटना अपडेट : मृतकको संख्या ११ पुग्यो (नामावलीसहित)

प्रहरीको गाडी दुर्घटना : दुई जना घाइते

अवैधरूपमा गरिएको गाँजा खेती नष्ट

अवैधरूपमा गरिएको गाँजा खेती नष्ट

२०७ जना विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा

२०७ जना विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा

भर्खरै प्रकाशित

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि