नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा तर्फका उमेदवार बिनोद चौधरीले यो क्षेत्रका अधुरा बिकास निर्माणलाई पुर्णता दिने बेला आएको बताएका छन । नेपाली काङ्ग्रेस वडा कार्यसमिति बर्दघाट १४ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उमेदवार चौधरीले महिलाई र युवा हरुलाई उधमी बनाउदै बेरोजगारीको रोगलाई निर्मुल पारीने बताएका थिए। चौधरीलेभुमीहिन,सुकुम्बासी ,स्वास्थ,शिक्षा लगायतका सस्यालाई ५ बर्ष भित्रमै समाधान गरीने प्रतिबद्धता ब्यक्त गरे।हरेक घरघरमा अब मतदाता सचेत हुनुपर्ने अवस्था छ ताकी प्रतिगामी शक्ति उल्ट्याउने दुष्शाहस कसैले नगरोस चौधरीले भने।आफू गफ मात्र गर्न नभै बास्तवमै जनताका सम्स्यालाई सम्बोधन गर्न राजनीतिमा होमिएको चौधरीले दावी गरे।