Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

Author Avatar साझा न्यूज 17th November 2022 , 2:29 PM
हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

काठमाडौँ । शान्तिपूर्ण राजनीतिमा आएको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ समूह फेरि हिंसात्मक गतिविधिमा सक्रिय भएको छ । बुधबार (हिजो) देशका दुई स्थानमा भएका विस्फोट र एक स्थानमा भएको तोडफोडमा विप्लव समूहको संलग्नता भेटिएको हो ।

विप्लव समूहले यही मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको थियो । निर्वाचनलाई प्रभावित पार्न सो समूहले हिंसात्मक बाटो समातेको हो ।बुधबार भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभास्थलनजिकै बम विस्फोट भएको थियो । पौवादुङमा गाउँपालिका–२, तिवारी भन्ज्याङमा हुन लागेको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’ समेत सहभागी हुने तय थियो । विस्फोटमा एक जना घाइते भएका थिए ।

यस्तै, बुधवारै चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठको गाडी तोडफोड गरिएको थियो ।बुधवारै चितवनको भरतपुरमा बिहान पार्किङमा राखिएको बा३च २०५० नम्बरको गाडीमा तोडफोड भएको प्रहरीले जनाएको छ । चितवन प्रहरीले घटना विप्लव समूहबाट भएको दाबी गरेको छ ।

बुधवारै साँझ बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विस्फोट भएको थियो । बम बनाउँदै गर्दा भएको विस्फोटमा परी विप्लव समूहकै दुई कार्यकर्ता घाइते भएका थिए ।

प्रहरी टोली घटनास्थल पुग्दा प्रेसरकुकर बम विस्फोट भएको थियो । प्रहरीले घटनास्थलबाट विप्लव समूहका केही दस्ताबेज समेत बरामद गरेको छ ।विस्फोट र हिंसात्मक घटना बढेपछि सुरक्षा सतर्कता बढाइएको र घटनामा संलग्नलाई कानुनको दायरामा ल्याउन निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल बताउँछन् ।

प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले विस्फोटलगायत घटनाले गम्भीर बनाएको बताए । उनले अपराधमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने उल्लेख गरे ।अब आपराधिक समूहविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने डिआइजी राईको भनाई छ । विधान र कानुनविपरीतका गतिविधि नसहने भन्दै डिआइजी राईले मातहतका सबै कार्यालयलाई आवश्यक निर्देशन दिएको बताए ।

०७७ फागुनमा विप्लव समूहले हिंसा छाडेको घोषणा गरेको थियो । सो समूहले सरकारसँग विभिन्न तीनबुँदे सहमति गरेको थियो । शान्तिपूर्ण राजनीतिमा आएको बताइए विप्लव समूहले सरकारलाई हतियार बुझाएको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज