Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नागोया साहित्य उत्सव २०२२ सम्पन्न, दुई वटा पुस्तक बिमोचन

Author Avatar साझा न्यूज 28th November 2022 , 1:58 PM
नागोया साहित्य उत्सव २०२२ सम्पन्न, दुई वटा पुस्तक बिमोचन

जापान । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको आयोजनामा नागोया साहित्य उत्सव २०२२ सम्पन्न भएको छ। शनिवार नागोयामा संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम पुस्तक बिमोचन कार्यक्रम, गहज मेहफिल, बहस र खुला रचना वाचन लगायतका खण्डहरूमा विभाजन गरी सम्पन्न गरिएको थियो।

सुबिन न्यौपाने कान्जिभाईको कबिता संग्रह कमरेडको जनै र श्यामराज राईको लघुकथा संग्रह हाम्रो बाटो एकैसाथ बिमोचन भएको थियो। विमोचनमा कवि सुविन न्यौपानेले आफ्नो धारणा राख्दै संग्रहबाट एउटा कविता वाचन गरे भने कथाकार म्यामराज राईले संग्रह बारेमा आफ्नो धारणा प्रस्तुत गरे। कार्यक्रममा जापानमा बसेर गजल लेखिरहेका ६ जना गजलकारहरूको गजल मेहफिल खण्ड विशेष आकर्षणको केन्द्र बनेको थियो। मेहफिलमा गजलकारहरू दिनेशराज ज्ञवाली, गिरिजा गैह्रे, अमरदेव वास्तोला, मीनराज वास्तोला, गंगा गगन र विकास लमसलले गजल वाचन गरेका थिए।

प्रवासमा नेपाली भाषा र साहित्य विषयमा यसका विविध पाटाहरूमाथि साहित्यिक वहस गरिएको थियो। बहस खण्डमा अनेसास केन्द्रका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, नेपाली भाषा तथा साहित्यका अध्येता जापानी नागरिक हारुहितो नोजू तथा महिला अभियन्ता सविता पन्थीलाई वक्ताका रूपमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा जापानमा बसेर साहित्य सिर्जना गरिरहेका सर्जकहरूबाट खुला रचना वाचन खण्डमा विविध विधाका रचनाहरू वाचन भएका थिए।

जापानमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधि तथा साहित्य प्रेमीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अनेसास केन्द्रका सचिव दीप पाठक, बिओटी सदस्य शुष्मा ओमाता, एनआरएन आइसिसि उपाध्यक्ष गोबिन्द श्रेष्ठ रोविन, श्रवण सत्याल, दिपक कार्की लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै आआफ्ना धारणा व्यक्त गरेका थिए। सोही कार्यक्रममै अनेसास जापानले आयोजना गरेको जापानव्यापी कविता प्रतियोगिताका उत्कृष्ट तीन कविलाई पुरस्कार अर्पण गरिएको थियो साथै कार्यक्रममा प्रत्यक्ष सहभागी सम्पूर्ण सर्जक, वक्ता तथा सहयोगदाताहरूलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

अनेसास जापानका पूर्व अध्यक्ष विष्णु प्रसाद घिमिरेको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम शरद पोख्रेल, अनिल कुमार निर्दोष र श्याम शीतलले सहजीकरण गरेका थिए। संस्थाका अध्यक्ष रविन शर्माले कार्यक्रम सम्पन्न गर्न भूमिका खेल्ने सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गर्दै नागोया साहित्य उत्सव २०२२ को समापन गरेका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज