दोलखा । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत दोलखामा मतगणना जारी छ । दोलखामा माओवादी केन्द्रका गंगाबहादुर कार्की दोब्बर मतले अगाडि रहेका छन् ।
पछिल्लो विवरण अनुसार कार्कीले ३,६१८ र एमालेका बालकृष्ण शिवाकोटीले १,८०० मत प्राप्त गरेका छन् । माओवादीका कार्की र एमालेका शिवाकोटीबीचको मतान्तर १,८१८ रहेको छ । दोलखाका १० वटा मतदान केन्द्रमा हिजो मतदान भएको थियो ।
मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो ।