Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मौरीको चरन अभाव हुँदा म्याग्दीमा मह उत्पादन घट्यो


मौरीको चरन अभाव हुँदा म्याग्दीमा मह उत्पादन घट्यो

म्याग्दीका ग्रामीण क्षेत्रहरुमा चिउरी, पैयुँ जस्ता दुदिलो प्रजातिका रूखहरु नासिँदै र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै जाँदा मौरी चरन क्षेत्रको अभाव भएको छ । मौरीलाई चरन क्षेत्रको अभावले मह उत्पादनमा कमी आएको कृषकहरुले बताएका छन् ।

विगत वर्षहरुको तुलनामा यस वर्ष अत्यधिक रुपमा वर्षाले बाढी, पहिरो तथा भूक्षयले क्षति पुयाउनाका साथै कुकाठको नाममा सामुदायिक वनहरुले चिउरी, पैयुँ र दुदिलाका बोटहरु काटेकाले पुष्परसका बोटको अभावले मह उत्पादनमा कमी आएको उनीहरुको भनाइ छ ।

जिल्लाका बेनी नगरपालिकालगायत मङ्गला, धवलागिरि, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विम, मराङ, ताकम, ज्यामरुककोट, रत्नेचौर, सिम, राखु, पात्लेखेत, अर्मन, बाबियाचौरलगायत गाउँमा व्यावसायिक रुपमा मौरीपालन गरेका कृषकले विगतका वर्षको तुलनामा यस वर्ष पुष्परसमा कमी आएको र मह उत्पादन कमी भएको बताएका छन् ।

मालिका गाउँपालिका–२ का मौरीपालक कृषक टेकनाथ जैसीले तोरी, वुकी, पैयुँ, दुदिलोलगायत फूल तथा वनस्पतिमा यस वर्ष रसको मात्रा घटेको बताए । जैसीले विगतका वर्षहरुभन्दा यो वर्ष अत्यधिक वर्षा भएको र फूल फुल्ने समयमा बोटहरु ढालिएकाले यो वर्ष विगतको तुलनामा आधा मात्र मह उत्पादन भएको बताए । “मौरी चरेर आइसकेपछि पनि पोटिला नदेखिनु र मह उत्पादनका लागि उपयुक्त मानिएको महिनामा पनि कम मह उत्पादन हुनुको कारण पुष्परसमा कमी आउनु नै हो”, जैसीले भने ।

मङ्गला गाउँपालिकाका कृषि प्राविधक जगत बानियाँले अत्यधिक वर्षा र त्यसपछि सुक्खा हावा चलेका कारण पुष्परसमा कमी आएकाले यस्तो समस्या उत्पन्न भएको बताए । मौरीको गोलाको सङ्ख्या अत्यधिक रुपमा बढिरहेको छ । कृषकले भने चरन क्षेत्रमा ध्यान नदिएको र बढ्दो रासायनिक मलको प्रयोगका कारण परागसेचन प्रक्रियामा प्रभाव परेकाले फलफूलजन्य वनस्पतिमा रसको मात्रा कमी आउँदा मह उत्पादन कम भएको कृषि प्राविधिक बानियाँले बताए ।

कृषि ज्ञान केन्द्र म्याग्दीले मौरीपालक कृषकले मौरीको गोलासँगै चरन क्षेत्रको विस्तारमा ध्यान दिन कृषकलाई सल्लाह दिँदै घार वरिपरि बाँझो जग्गा नराख्न र विशेषगरी पुष्पजन्य बोटबिरुवा लगाउन अनुरोध गरेको छ ।

जिल्लामा मौरीपालक कृषकहरुको सङ्ख्या बढ्दै गइरहेको छ । जिल्लाका छ वटा स्थानीय तहका दुई सयभन्दा बढी कृषक व्यावसायिक मौरीपालनमा लागेका स्थानीय तहका कृषि शाखाहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गरिने

उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गरिने

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, अझै १५ प्रतिशत मजदुर न्यूनतम पारिश्रमिकबाट वञ्चित

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, अझै १५ प्रतिशत मजदुर न्यूनतम पारिश्रमिकबाट वञ्चित

आजदेखि हलमा ‘प्रेमा’

आजदेखि हलमा ‘प्रेमा’

आपतकालिन कार्यलाई चलायमान बनाउन छलफल

आपतकालिन कार्यलाई चलायमान बनाउन छलफल

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

भर्खरै प्रकाशित

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

वित्तीय साक्षरता कक्षाको अनुगमन

वित्तीय साक्षरता कक्षाको अनुगमन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि