Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

यस्ता छन् औषधिसम्बन्धी जानकारीमूलक ३५ शब्दावली

Author Avatar साझा न्यूज 31st March 2023 , 4:48 PM
यस्ता छन् औषधिसम्बन्धी जानकारीमूलक ३५ शब्दावली

????????????????????????????????????

फार्मेसी : फार्मेसी शब्द ग्रीक शब्द फरमाकन बाट लिईएको हो। यसको अर्थ शुरुमा औषधि वा चिकित्सा थियो। तर अहिले यस शब्दलाई परिभाषित गर्दा औषधि विज्ञान भन्ने गरिन्छ। यस अन्तर्गत औषधिको निमार्ण देखि लिएर बिरामी तथा ग्राहक सम्म पुर्‍याउने सम्पूर्ण क्रियाकलाप पर्दछन्। यसकारण फार्मेसी भन्नाले औषधिहरुको पहिचान, छनौट, संरक्षण, स्तर निर्धारण तथा वितरण गर्ने विज्ञान भन्न सकिन्छ।

फर्माकोलोजी : फर्माकोलोजी भन्नाले औषधिको विस्तृत अध्ययनलाई बुझाउछ। यसअन्तर्गत जीवित प्राणीमा औषधिको असर, प्रयोग, प्रतिअसर आदिको अध्ययन भन्ने बुझिन्छ।

औषधि : कुनै पनि जीवित प्राणीमा हुने रोगको निदान, उपचार वा रोकथाममा प्रयोग गरिने पदार्थलाई औषधि भनिन्छ। अर्को अर्थमा जीवित प्राणीको शारीरिक बनावट वा प्रक्रियामा असर पार्ने पदार्थलाई औषधि भन्न सकिन्छ।

मेडिसिन : कुनै खास बनावटमा खास रोगको उपचार, रोकथाम वा निदानको लागि प्रयोग गर्न सक्रिय एवं निष्क्रिय तत्व समेत मिलाई तयार गरिएको खास बनावटलाई मेडिसिन भनिन्छ। जस्तै प्यारासिटामोल ५०० एमजि भएको ट्याब्लेटलाई मेडिसिन भनिन्छ तर प्यारासिटामोल पाउडरलाई मेडिसिन भन्न सकिदैन। त्यसैले सब मेडिसिनहरु ड्रग्स हुन् तर सबै ड्रग्स मेडिसिन होइनन्।

डोज : कुनै पनि रोगको निदान, उपचार वा रोकथामको लागि एकपटकमा प्रयोग गरिने औषधिको परिमाणलाई डोज वा मात्रा भनिन्छ। त्यसलाई कुनै निश्चित बनावटको ईकाई जस्तै: ट्याब्लेट, क्याप्सुल, टिस्पुनफुल आदि, खास औषधिको परिमाण नै किटेर पनि लेख्ने गरिन्छ।

डोज फम : कुन औषधि कुन रुपमा छ भन्ने कुरालाई डोज फम भनिन्छ। जस्तै ट्याब्लेट, क्याप्सुल, वाईन्टमेन्ट, सिरप आदि।

कम डोज : आवश्यक मात्रा भन्दा कम औषधिको प्रयोगलाइ कम डोज भनिन्छ। उदाहरणको लागि एमोक्सिलिन ५०० एमजीको ३ क्याप्सुल पाच दिन सम्म खानुपर्नेमा यदि कसैले २ क्याप्सुल पा“च दिनसम्म खाने गर्दछ या ३ क्याप्सुल तीन दिनसम्म मात्र खाने गर्दछ र सञ्चोको अनुभव गरेर औषधिको कोर्स पूरा गर्दैनन् भने त्यसलाइ कम भनिन्छ। यस्तो अवस्थामा रेसिस्टेन्ट बिकास हुन्छ।

सब थेराप्युटिक डोज : एमोक्सिलिन ५०० एमजीको ३ क्याप्सुल पा“च दिन सम्म खानु पर्नेमा यदि कसैले २ क्याप्सुल ५०० एमजी पा“च दिनसमम खाने गर्दछ या ५०० एमजीको ठा“उमा २५० एमजीको ३ क्याप्सुल पा“च दिन सम्म खाएमा त्यसलाई सब थेराप्युटिक डोज भन्निछ।

रेसिस्टेन्ट : जब कुनै निश्चित सूक्ष्म कीटाणुलाई कुनै निश्चित औषधिले असर गर्दैन तब उक्त किटाणुमा त्यस औषधिप्रति रेसिस्टेन्ट बिकास भएको भनिन्छ।

क्रस रेसिस्टेन्ट : जब कुनै निश्चित सूक्ष्म कीटाणुलाई कुनै निश्चित औषधिले मात्र नभई सोही समूहको अरु औषधिले पनि असर गर्दैन तब क्रस रेसिस्टेन्ट भएको भनिन्छ।

एन्टिबायोटिक्स् : जीवित कीटाणुबाट बनाइएको औषधिलाई एन्टिबायोटिक्स् भनिन्छ। अरु सूक्ष्म कीटाणुहरुलाई नाश गर्न यो सानो डोजमा दिने गरिन्छ।

सुपर ईन्फेक्सन : लामो समयसम्म एन्टिबायोटिक्सको प्रयोगले केही सूक्ष्म कीटाणुको वृद्धिदर बढाउ“छ भने यस परिस्थितिलाई सुपर ईन्फेक्सन भनिन्छ।

थेरापी : कुनै पनि रोगको निदान, उपचार वा रोकथामको लागि अपनाइने विधिलाई थेरापी भन्निछ र औषधिको प्रयोग गरिन्छ भने ड्रग्स थेरापी भन्निछ। औषधि बाहेक अन्य थेरापी पनि हुन सक्छन। जस्तै: रेडियोथेरापी, फिजियोथेरापी, शल्यक्रिया आदि।

थेराप्युटिक एजेन्ट : थेरापीको लागि प्रयोग हुने पदार्थ वा वस्तुलाई थेराप्युटिक एजेन्ट भनिन्छ।

ईन्डिकेसन : कुनै औषधि वा थेरापी दिन सकिने रोगीको अवस्थालाई ईन्डिकेसन भनिन्छ।  जस्तै मेवेन्डाजोलको ईन्डिकेसन वर्म ईन्फक्सन हो, पारासिटामोलको ईन्डिकेसन ज्वरो र दुखाई हो।

एक्सन : यो शब्द फर्माकोलोजीमा निकै प्रयोग हुने गरेको छ। एक्सनको अर्थ औषधिले शरीरमा कसरी काम गर्छ भन्ने बुझाउँछ। जस्तै एन्टिएसिडले एसिडलाई निरुत्साहित गर्नुलाई एन्टासिडको एक्सन भनिन्छ।

नकारात्मक असर : औषधि प्रयोग गर्दा खास रोगको उपचारको लागि प्रयोग गरिन्छ। तर सो औषधिले चाहेको असर भन्दा अनपेक्षित असरहरु पनि देखाउन सक्छ। कुनै कुनै त्यस्ता असरहरु हानिकारक पनि हुन सक्छन् भने कुनै कुनै हानी नगर्ने खालका पनि हुन्छन्। जस्तै एस्पीरिन ज्वरो वा दुखाई कम गर्न प्रयोग गरिन्छ। तर यसले पेट दुख्ने र पेटमा रक्तश्राव समेत गर्न सक्छ। यसलाई नकारात्मक असर भनिन्छ।

टक्सिक ईफेक्ट : कुनै निश्चित रोगको उपचारको लागि तोकिएको मात्राभन्दा बढी मात्रामा औषधि प्रयोग गर्दा वा तोकिएको भन्दा बढी समयसम्म औषधि प्रयोग गर्दा उत्पन्न हुने नराम्रो असरलाई टक्सिक ईफेक्ट भनिन्छ।  जस्तै पारासिटामोलकोे ओभरडोजले लिभर बिग्रन्छ।

विष : शरीरको कुनै एक वा एक भन्दा बढी प्रमुख कार्य प्रक्रियामा असर गरेर ज्यानलाई खतरा अवस्थामा पुर्‍याइदिन सक्ने कुनै पनि पदार्थलाई विष भनिन्छ।

लत : कुनै पनि पदार्थ वा औषधि सेवन गर्ने बानी लाग्नु वा छोड्न नसक्ने अवस्था हुनुलाई लत भनिन्छ।

जेनेरिक नेम : कुनै पनि औषधि वा पदार्थको प्रकृति, गुण आदि लाई मध्यनजर गरी संसारभर मानिने गरी राखिएको     नामलाई जेनेरिक नेम भनिन्छ। जस्तै पारासिटामोल, टेट्रासाइक्लिन आदि।

ब्रान्ड नेम : व्यापारिक दृष्टिकोणले औषधि उत्पादन गर्ने कम्पनीहरुले एउटै औषधिलाई भिन्दा भिन्दै नाम दिएका हुन्छन्। जसलाई बा्रन्ड नेम भनिन्छ। जस्तै पारासिटामोलमो बा्रन्ड नेम सिटामोल हो।

फर्मुला : कुनै खास औषधि कुनकुन तत्व कति मात्रामा राखी बनाइन्छ भनी कुनै ग्रन्थ वा आधिकारिक संग्रहमा दिइएको कम्पोजीसनलाई फर्मुला भनिन्छ। कतिपय औषधि आधिकारिक संग्रहमा नभए तापनि उत्पादनकर्ताहरुले नै तयार गरेको हुन्छ।

डिस्पेन्सिङ : चिकित्सक वा स्वाथ्यकर्मीले लेखेको लिखित आदेश अनुसार औषधि बिक्री वितरण गर्ने प्रक्रियालाई डिस्पेन्सिङ भनिन्छ।

एक्सपाईरी डेट : औषधिको म्याद सकिने मिति लाई एक्सपाईरि डेट भनिन्छ।  जुन मितिको पछाडि उक्त औषधि प्रयोग गर्नु हुँदैन।

सेल्फ लाइफ : औषधि बनेको मितिबाट उक्त औषधिले अपेक्षित असर गर्न सक्ने समयावधिलाई सेल्फ लाईफ भनिन्छ। जस्तै कुनै औषधिको उत्पादन मिति ९ जनावरी १९९७ छ र म्याद सकिने मिति ९ जनावरी १९९९ लेखिएको छ भने यसको प्रयोग जीवन दुई वर्ष हो भन्ने बुझिन्छ। ९ जनावरी १९९९ पछि सो औषधि प्रयोग गरेमा अपेक्षित असर हुँदैन तर कुनै कुनै औषधि विषालु पनि हुन्छ। तसर्थम्याद सकिएको औषधि कदापि वितरण गर्नु हुँदैन।

एन्टिसेप्टिक : बाहिरि वातावरणमा व्याक्टेरीयालाई निर्मुल पार्न प्रयोग गरीने रासायिनक पदार्थको झोललाई एन्टिसेप्टिक भनिन्छ। जस्तै डिटोल एन्टिसेप्टिक हो।

निर्मलिकरण : सुक्ष्म जिवाणुहरुलाई नष्ट गर्न वा हटाउन प्रयोग गरिने विधिलाइ निर्मलिकरण भनिन्छ। यस विधिमा रायासनिक भौतिक प्रक्रियाहरु प्रयोगमा ल्याइन्छ। जस्तै: उमालेर, विकिरण दिएर वा फिल्टर गरेर।

रिसेप्टर : रिसेप्टर एक विशेष प्रकारको प्रोटिनद्धारा निर्मित संरचना हो। रिसेप्टरसंग खास रासाएनीक पदार्थ मिल्न सक्ने गुणहुन सक्ने ठा“उ हुन्छ। रिसेप्टरलाई ताल्चाको रुपमा लिन सकिन्छ , जसमा एक खास आकारको सा“चो मात्रा मिल्न सक्छ। रिसेप्टरलाइ संग मिल्ने औषधि सेवन गरेपछि रिसेप्टरलाइले विभिन्न कार्य देखाउन सक्छ।

एगोनिस्ट : रिसेप्टरको कार्यलाई बढाउने वा उत्तेजित पार्ने औषधिलाई एगोनिस्ट भनिन्छ।

एन्टागोनिस्ट : रिसेप्टरको कार्यलाई घटाउने वा निष्क्रिय पार्ने औषधिलाई एन्टागोनिस्ट भनिन्छ।

प्रोफाईलेटिक एजेन्ट : कुनै रोग वा समस्या फैलन, सर्नबाट रोकथाम वा बचावट गर्ने पदार्थ वा औषधिलाई प्रोफाईलेटिक एजेन्ट भनिन्छ। जस्तै: मलेरियाको प्रकोप बढेको ठाँउमा जाँदा क्लोरोक्विन प्रोफाईलेटिक एजेन्टको रुपमा सेवन गराइन्छ, जसले गर्दा मलेरिया सर्न पाउँदैन।

कम्पाउन्डिङ : दुई वा दुई भन्दा बढी औषधिय तत्वहरुलाई मिसाएर औषधि बनाउने प्रक्रिया कम्पाउन्डिङ भनिन्छ।

एलर्जी : शरीरको कुनै तत्वलाई सहन गर्न नसकी कुनै प्रतिक्रिया देखाउनुलाई एलर्जी भनिन्छ। जस्तै चिलाउनु

एलर्जीक राइनाइटिस : यसका लक्षणहरु रुघा लाग्ने, नाक र आँखा चिलाउने या रातो  हुने आदि हुन्। उपचारमा एन्टिएलर्जीक औषधि दिइन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज