Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, अझै १५ प्रतिशत मजदुर न्यूनतम पारिश्रमिकबाट वञ्चित


आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, अझै १५ प्रतिशत मजदुर न्यूनतम पारिश्रमिकबाट वञ्चित

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – आज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस । सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान राष्ट्रको अभियान भन्ने नाराका साथ मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको शिकागोमा  ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो ।

विश्वका मजदुरले दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो ।

विसं २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको थियो । आज सार्वजनिक बिदा दिइएको  छ । यसैबीच, नेपाल ट्रेड युनियन महासंघ जिफन्टले मजदुरले न्यूनतम पारिश्रमिक पाउने अवस्थामा सुधार भएको भए पनि त्यो पर्याप्त नभएको जनाएको छ । श्रम कानुन कार्यान्वयनको विद्यमान अवस्थासम्बन्धी श्रम अडिट प्रतिवेदन २०७९ सार्वजनिक गर्दै जिफन्टले अझै १५ दशमलव ३० प्रतिशत मजदुरले न्यूनतम पारिश्रमिक नपाएका जनाएको छ ।

यस्तै, वार्षिक पारिश्रमिक वृद्धि (ग्रेड वृद्धि) गर्ने प्रतिष्ठान बढ्नुको साटो घट्दै गएको प्रतिवेदनले देखाएको छ । श्रमिकहरुले  प्राप्त ज्यालाले जीवन धान्न नै मुस्किल पर्ने गरेको बताउँदै आएका छन्  । सरकारले श्रमिकको हकहितका लागि भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको छ । तर, यो कार्यक्रममा अझै पनि धेरै श्रमिक समेटिन बाँकी छन् ।

यसैबीच, अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा  शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो हकहित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास लिएको बताउनु भएको छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदाे आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गरिने

उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गरिने

आजदेखि हलमा ‘प्रेमा’

आजदेखि हलमा ‘प्रेमा’

आपतकालिन कार्यलाई चलायमान बनाउन छलफल

आपतकालिन कार्यलाई चलायमान बनाउन छलफल

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

भारतको सर्वोच्च अदालतले विदेशी भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित

गण्डकीमा भोलि सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल

गण्डकीमा भोलि सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल

भर्खरै प्रकाशित

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि