Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

Author Avatar साझा न्यूज 8th June 2023 , 9:57 AM
सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

बुटवल, जेठ २५ गते  । रुपन्देहीको ग्रामीण क्षेत्रका संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ। सामुदायिक विद्यालयले पढाइलाई नतिजामुखी बनाउन थालेपछि संस्थागत विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना बढ्दै गएको छ। रुपन्देहीको कञ्चन गाउँपालिका–३ मा रहेको हरैया माध्यमिक विद्यालय विद्यार्थीको रोजाइमा पर्न थालेको छ। लुम्बिनी नजिकै पर्सा लौन्डियाका निष्मा यादव कक्षा ८ सम्म बोर्डिङ पढेर यो शैक्षिक सत्रदेखि कक्षा ९ मा हरैया माध्यमिक विद्यालयमा भर्ना हुनुभएको छ।

नयाँ शैक्षिक सत्र सुरु भएको धेरै भएको छैन तर निष्मालाई हरैया माविका शिक्षकको पढाउने शैलीले प्रभावित गरेको छ। सुरुमा अरू विद्यार्थीले भने सुनेका आधारमा भर्ना भए पनि पढ्दै जाँदा यो विद्यालय बोर्डिङभन्दा पनि राम्रो पाएको उहाँले बताउनुभयो। निष्मा जस्तै अनुप थापाक्षेत्री पनि राम्रो पढाइ हुने सुनेर हरैया माध्यमिक विद्यालयमा पढ्न आएको बताउनुहुन्छ। अहिलेसम्म बोर्डिङ स्कुलमा अध्ययन गरेका उहाँ सरकारी विद्यालयमा पढ्न आउँदा कुनै पछुतो नभएको बरु एक महिनाको पढाइ तुलना गर्दा बोर्डिङभन्दा सरकारी विद्यालयमा पढाइ राम्रो लागेको उहाँको भनाइ छ। बोर्डिङमा जस्तै सामुदायिक विद्यालयमा पनि कम्प्युटर ल्याब छ। साथै अरू थुप्रै भौतिक पूर्वाधारले पनि उहाँलाई हरैया माविको पढाइले मन जितेको छ।

निष्मा र अनुप जस्तै बोर्डिङ छाडेर हरैया माविमा भर्ना हुन आएका अरू विद्यार्थीले पनि सरकारी विद्यालयको पढाइ राम्रो हुँदैन भन्ने बाहिरको हल्ला सत्य नरहेको तर्क गर्छन्।

बरु पछिल्लो समय सामुदायिक विद्यालयले नतिजा राम्रो दिन थालेको उनीहरूको भनाइ छ। सामुदायिक विद्यालयमा पढाइ राम्रो हुँदै गएको र शिक्षकले समेत धेरै मेहनत गरेर पढाएको विद्यार्थीको भनाइ छ। विद्यार्थीका भनाइमा सामुदायिक विद्यालयका विषयमा बाहिर जुन हल्ला छ, त्यो एकदमै गलत छ। बरु अहिले सामुदायिक विद्यालयका शिक्षकले राम्रो पढाउनुहुन्छ, विद्यार्थीको पढाइमा एकदमै ख्याल गरेका छन्।

हरैया माध्यमिक विद्यालयका प्रधानाध्यापक मेघनाथ शर्मा पनि पछिल्लो समय विद्यालयको नतिजा बोर्डिङ स्कुलको जस्तै आउन थालेको र यसमा विद्यार्थीसँगै शिक्षकको समेत राम्रो भूमिका रहेको बताउनुहुन्छ। शर्माका अनुसार बुटवलका नाम चलेका कालिका माध्यमिक विद्यालय जस्तै हरैया माध्यमिक विद्यालयको पनि नतिजा राम्रो आएको छ। हरैया माविमा बाल कक्षादेखि १२ कक्षासम्म पढाइ हुने गरेको छ। कक्षा ५ सम्म अङ्ग्रेजी र नेपाली माध्यममा कुनै पनि शुल्क लाग्दैन। कक्षा ६, ७ र ८ सम्म परीक्षा शुल्क र टाई, बेल्टबाहेक कुनै शुल्क लाग्दैन।

प्रधानाध्यापक शर्मा भन्नुहुन्छ, “सहयोगका नाममा हामीले कुनै पनि शुल्क लिँदैनौँ। कक्षा ९ मा वार्षिक रूपमा दुई हजार चार सय र कक्षा १० मा तीन हजार मात्रै शुल्क लाग्छ। अङ्ग्रेजी माध्यममा भए पनि हामीले छुट्टै शुल्क लिँदैनौँ।

हरैया माध्यमिक विद्यालयले कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङको पढाइ पनि सञ्चालन गर्दै आएको छ। एउटा कक्षामा कम्तीमा ४० र बढीमा ६० जना विद्यार्थी राखेर पढाइ हुने गरेको छ। विद्यालयको भौतिक पूर्वाधार सीमित हुँदा यो वर्ष विद्यालयमा भर्ना हुन आएका सबै विद्यालयले भर्ना पाएनन्। थप कक्षाकोठा नहुँदा समस्या देखिएको छ। विद्यालयले आगामी दिनमा थप कक्षाकोठा व्यवस्थापन गरेर भर्ना हुन आएका विद्यार्थी नफर्काउने प्रतिबद्धता जनाएको छ।

हरैया माध्यमिक विद्यालय जस्तै कञ्चन, गैडहवा र सैनामैना नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज