टोकियो/जापान
टोकियोमा सम्पन्न दोस्रो विश्व केनसीनकान कराते प्रतियोगितामा बनेपाका तुल्सीराम श्रेष्ठले उत्कृष्ट प्रर्दशन गर्दै दोस्रो उपाधी हात पारेका छन।
७५ केजी तौल तर्फ समुह बिजेता बन्दै फाईनल प्रवेश गरेका तुल्सीराम जापानी खेलाडी कामाता सिनसंग पराजित भए। केनसीनकान करातेमा ७ डान रहेका तुल्सीरामले क्वाटर र सेमीफाईनलमा दुई जापानी खेलाडीलाई पराजित गरि फाईनल प्रवेश गरेका थिए। उनले उपाधीसंगै ट्रफि हात पारे।
यस्तै सोही प्रतियोगितामा सहभागि हुन जापान आएका खेलाडी ४ डान हरिगोपाल मानन्धर ७० किलो तौल समुह, ३ डानद्वय दिपु अधिकारी ७० किलो तौल समुह र सुरेश श्रेष्ठ खुल्ला समुह सेमिफाईनलबाट बाहिरिएका थिए। पहिलो खेलमा जापानी खेलाडीलाई पराजित गरेपनि अर्को राउण्डमा जापानी खेलाडीसंग पराजित बन्न पुगे।
पाच वर्ष अघि नेपालमा सुरू भएको नेपाल केनसीनकान करातेका चर्चित खेलाडीहरू दोस्रो डव्लुएमको मार्सल आर्टस विश्व च्याम्पियनसिप तथा दोस्रो जेकेकेएफ जापान कोसीकी कराते अल जापान च्याम्पियनसिपमा सहभागि हुन आएका टोकियो आईपुगेका थिए । विश्व च्याम्पियनसिप प्रतियोगितामा नेपाल सहित जापान, अमेरिका, ईरान, पोल्याण्ड लगायतका मुलुकका खेलाडी सहभागि भएका थिए।
प्रतियोगितामा नेपालका तर्फबाट सुरेश श्रेष्ठले अतिथि सम्मान पाएका थिए भने नेपाल शाखा प्रमुख समेत रहेका रहदेव पोतेले खेलको नियमहरू जानकारी गराएका थिए। यस्तै नेपालकै तर्फबाट हरिगोपाल श्रेष्ठले काता प्रदर्शन गरेको प्रतियोगितामा सहभागि नेपाल केसीसीकान करातेका अध्यक्ष कपिल देव थापाले जानकारी दिनुभयो। टोकियो योयोगी पार्क हलमा भएको खेलमा नेपाली खेलाडीहरूलाई हौसला प्रदान गर्न चर्चित नेपाली किक बक्सर मोहन ड्रागन, एन्फा जापानका प्रमुख शिव खडका लगायत दर्जन बढी नेपालीहरू पुगेका थिए।