काठमाडौँ। एसीसी पुरुष प्रिमियर कपअन्तर्गत तेस्रो खेलमा साविक विजेता नेपालले सोमबार हङकङको सामना गर्दै छ।
अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा हुने खेल उपरान्ह्र ४:१५ बजेबाट शुरू हुँदै छ।
समूह ‘बी’ मा रहेको नेपालले २ खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो।
यस्तै, शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हो।
यस समूहमा नेपालमात्रै अपराजित टोली हो। आजको खेल जिते नेपालले सेमिफाइनल यात्रा बलियो बनाउने छ।