Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ओलीको प्रश्न : प्रधानमन्त्री छान्ने काम अदालतको हो र ?

अदालतको फैसलामाथि आशंका : अघिल्लै दिन धादिङमा कसरी स्याल करायो ?

Author Avatar साझा न्यूज 25th June 2021 , 6:47 PM
केन्द्रदेखि प्रदेशसम्म ओलीविरुद्ध मोर्चाबन्दी

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले राजनीतिक विषयको टुंगो लगाउने थलो अदालतलाई बनाउने प्रयास भएको आरोप लगाएका छन्।

शुक्रबार प्रधानमन्त्रीको निवास बालुवाटरमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।

राजनीतिक विषयको टुंगो राजनीतिक संस्थाबाट लगाउनुपर्नेमा जोड दिँदै उनले विपक्षीले प्रधानमन्त्रीसमेत अदालतले छान्नुपर्छ भनेजस्तो गरेको भन्दै आपत्ति जनाएका हुन्।

‘राजनीतिलाई जनतामा जान नदिने, संसदमा जान नदिने र राजनीतिको टुंगो अन्तै लगेर लगाउने प्रयास भएका छन्’, ओलीले भने, ‘प्रधानमन्त्री छान्ने ठाउँ पनि अदालतलाई बनाउन खोजेपछि अनि.. राजनीतिक विषयको टुंगो राजनीतिक संस्था वा राजनीतिक पार्टीहरुले लगाउनुपर्ने ठाउँमा अदालतबाट राजनीतिको फैसला खोजेपछि ! अदालतले त सबै संविधान र कानुनको कुरा गर्ने हो। राजनीतिको होइन।’

ओलीले अहिले अदालतको निर्णयले केहीलाई मज्जा आए पनि त्यो गलत अभ्यास भएको बताए। ‘एकछिन मज्जा होला। मन्त्री हटाएर प्रधानमन्त्रीलाई काम गर्न अप्ठेरो भयो। खुच्चिङ पर्यो भनेहोलान्’, ओलीले भने।

ओलीले अदालतको न्याय सम्पादन र निष्पक्षतामाथि समेत प्रश्न गरेका छन्। २० मन्त्रीलाई पदमुक्त गर्ने अदालतको निर्णयमाथि प्रश्न गर्दै उनले निष्पक्षतामाथि प्रश्न गरेका हुन्।

अदालतले फैसला गर्नुभन्दा अगाडि नै  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति उनले आशंका गरेका हुन्।

‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए। कसरी गरे त्यो पनि गजबै छ’,  ओलीले प्रचण्डको नाम नभरी अदालतमाथि आशंका गर्दै भने, ‘धादिङमा अघिल्लै दिन भने, भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु। न्याय निष्पक्ष निरुपण भयो कि अरु नै हिसाबले ?’

ओलीले सेटिङ शब्द खुब चलेको भन्दै अदालतमाथि शंका गरेका हुन्। उनले कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो यो कसरी भयो भन्दै प्रश्न गरेका हुन्।

‘सेटिङ भन्ने शब्द खुब चल्छ। नत्र भोेलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो। कसरी त्यो भयो त ?’, ओलीले अदालतमाथि प्रश्न गर्दै भने, ‘एउटा गम्भीर प्रश्न छ।’ ओलीले एकसाथ २० मन्त्रीको पदजाने गरी सर्वोच्च अदालतले असार ८ गते गरेको फैसलामाथि आशंका गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एमसीसीमा सहमति नभए गठबन्धन टुट्छ : गगन थापा

काँग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रम स्थगित

गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ : हर्कराज

गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ : हर्कराज

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई ठाडो निर्देशन दिन मिल्दैनः मुख्यमन्त्री आचार्य

संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई ठाडो निर्देशन दिन मिल्दैनः मुख्यमन्त्री आचार्य

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

भर्खरै प्रकाशित

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

दुई हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व सङ्कलन

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज