Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चितवनमा २४३ जनामा डेङ्गु

Author Avatar साझा न्यूज 13th July 2021 , 2:04 PM
चितवनमा २४३ जनामा डेङ्गु

चितवन । जिल्लामा चालु आर्थिक वर्षमा २४३ जनामा डेङ्गु लक्षण देखिएको छ । स्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको सरोकार पक्षका बैठकमा अगामी साउन महिना शुरु भएसँगै सङ्क्रमण बढ्न सक्ने जनाउँदै उच्च सावधानी अपनाउन आग्रह गरिएको थियो ।

सो अवसरमा कार्यालयका प्रमुख दीपक तिवारीले यस वर्ष एक हजार ७१७ जनाको डेङ्गु परीक्षण गरिएको जानकारी दिए । गत आवमा १९ हजार २३० जनाको परीक्षण गर्दा चार हजार ८०३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये तीन जनाको मृत्यु भएको थियो । आव २०७५-७६ मा एक हजार ९५१ जनाको परीक्षण गर्दा ३१ र आव २०७४-७५ मा एक हजार २९१ जनाको परीक्षणमा एक जनाको मृत्यु हुनाका साथै ५८ जनामा सङ्क्रमण देखिएको थियो ।

नेपालमा सन् २००४ मा पहिलोपटक विदेशी नागरिकमा डेङ्गु फेला परेको थियो । सन् २००६ मा तराई र भित्री मधेशमा देखिएको डेङ्गु सन् २००९ मा चितवनमा पहिलोपटक नौ जनामा देखिएको थियो । एक वर्षको अन्तरालमा सङ्क्रमण बढी देखिने गरेको जनाउँदै समयमा नै सावधानी अपनाउनुपर्नेमा जोड दिइएको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्थानीय तहहरुले जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी थाल्नुपर्ने बताए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले अब प्रत्यक्ष रुपमा नियन्त्रण गर्न काममा नै जुट्नुपर्ने समय आएको छ भने ।

गाउँ र टोलटोलमा जनचेतना जगाउनुपर्ने उनको भनाइ थियो । डेङ्गु एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । घर वरिपरि बस्ने एडिस लामखुट्टेले प्रायः बिहान र साँझ टोक्ने गरेको पाइन्छ । यो खासगरी वर्षातको पानी, प्लाष्टिक र टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा सयौँको सङ्ख्यामा फुल पार्दछ ।

स्वास्थ्य कार्यालयका किट नियन्त्रक निरीक्षक राम केसीका अनुसार डेङ्गुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो । ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कटकटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिरामी आउने, रक्तस्राव हुने जस्ता लक्षण देखापर्ने उनले जानकारी दिए । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्दछ । यो भाइरसका कारण हुने भएकाले खास उपचार नहुने र लक्षणअनुसार उपचार गरिने निरीक्षक केसीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सकियो समानुपातिकतर्फको मतगणना

सकियो समानुपातिकतर्फको मतगणना

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

कपिलबस्तु २ मा रास्वपाको अग्रता

दुई पूर्व मन्त्रीलाई पाखा लगाउँदै सांसद बनेका थापा को हुन् ?

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

भर्खरै प्रकाशित

तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु

छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा–छोरी पक्राउ

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज