आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४१ राक्षस नामक संवत्सर वर्षा ऋतु वि.सं. २०७८ श्रावण २९ गते तद्अनुसार सन् २०२१ अगस्त १३ तारिख शुक्रबार श्रावण शुक्लपक्ष पञ्चमी तिथि १३ः५५ पर षष्ठी तिथि हस्ता नक्षत्र ९ः१४ पर चित्रा नक्षत्र साध्य योग कौलव करण आनन्दादिमा अमृत योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३४ मा भयो र सूर्यास्त साँझ १८ः४२ मा हुनेछ । नागपञ्चमी, कल्की जयन्ती ।
आजको राशिफल
मेष – समय शुभ र सफलतादायक छ । रोकिएको काम बन्नेछ । पारिवारिक सुख बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । आरोग्यता र यश बढ्ला । सुख सम्पति मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।
बृष – समय शुभ छ । धन यश मान महत्व आरोग्यता बढ्नेछन् । विलासमा रुचि बढ्नेछ । भ्रमणमा आकर्षण बढ्ला । शारीरिक रआर्थिक कार्यमा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मिथुन – व्यस्तता बढ्नेछ । दौडधुपका साथै खर्च पनि बढ्ला । खेलकुदमा आकर्षण बढ्नेछ ।सुखको कर्ममा प्रवृत्ति बढ्नेछ । प्रेमपात्रसित भेटघाट हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछन् । गीत संगीतमा आकर्षण बद्नेछ ।
कर्कट – उन्नति हुनेछ । अन्नधन बढ्नेछ । आयस्रोत वृद्धि हुनेछ । आर्थिक समस्याको समाधान प्राप्त हुनेछ । मान महत्वमा कमी आउने छैन । विलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान खोज्नु हुनेछ । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा समर्थ रहनुहुनेछ ।
सिंह – आशा उत्साह बढ्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । आनन्द बढ्ला । धनसम्पत्ति बढ्नेछ । सुख सम्पदा बढला । आरोग्यता वृद्धि होला । शुभेच्छुकको साथ मिल्नेछ । ऐश्वर्य बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।
कन्या – वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । विकासको काममा प्रवृत्ति बढ्ला । मान महत्व बढ्ला । साहस बढ्नेछ । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनले साथ दिनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
तुला – शुभ र भाग्यवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार होला । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – धन सम्पति बढ्ला । साहसिक काम बन्नेछ । मान महत्व वर्चश्व बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । विजयश्री प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण, रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ । धनु – सफलता बढ्नेछ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य सिद्धि हुनेछ । शुभेच्छुकको साथ मिल्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ । राजकीय काम गर्नु बेस रहला । आयस्रोत बढ्ला ।
कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोतवर्द्धक काममा सफलता पाउनुसँगै शुभेच्छुक र सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मीन – आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।
















































