–ईसाझा न्यूज, प्रतिनिधि
भैरहवा । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला धरौटीमा छुटेका छन ।
जवरजस्ती करणी मुद्दा लागेका आरोपित शुक्ला ५ लाख ५० हजार रुपैयाँ धरौटीमा आज छुटेका हुन् ।
स्थानीय एक महिलाले जवरजस्तीकरणीको उजुरी दिएपछि प्रहरीले शुक्लालाई साउन २८ गते पक्राउ गरेको थियो ।
प्रहरी हिरासतमा बसेको १३ औं दिनमा शुक्ला छुटेका हुन् ।
















































