Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सप्तरीबाट दोहोरो नागरिकताको आरोपमा मण्डल पक्राउ

Author Avatar साझा न्यूज 24th August 2021 , 9:44 PM
सप्तरीबाट दोहोरो नागरिकताको आरोपमा मण्डल पक्राउ

राजविराज। सप्तरीबाट नागरिकता लिएका एक जनाको साथमा नेपाली र भारतीय गरी दोहोरो परिचयपत्र भेटिएपछि उनलाई मङ्गलबार पक्राउ गरिएको छ। दोहोरो नागरिकता लिएको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ बस्ने फेकु मण्डल अमातको छोरा प्रमोदकुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।

नेपाली नागरिकता, मतदाता परिचय पत्रका साथै भारतीय आधारकार्ड फेला परेपछि मण्डललाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पठाइएको सहायक सिडिओ नाथु साहले जानकारी दिए। ‘मण्डलको साथबाट नेपाली र भारतीय दुबै परिचयपत्र बरामद भयो।’ सहायक सिडिओ साहले भने– ‘दुईवटै परिचयपत्रमा उल्लेख भएको नाम, ठेगाना र तस्बिरको आधारमा उनी दुवै देशको नागरिक रहेको बुझिएकाले पक्राउ गरिएको हो।’

मण्डलले जिल्ला प्रशासन कार्यालय सप्तरीबाट ०६२ भदौ १७ गते नागरिकता प्रमाण पत्र लिएको देखिन्छ। जन्म मिति ०४६ जेठ २३ गते रहेको मण्डलको नागरिकता प्रमाणपत्र नम्बर नम्बर ६६७३ र मतदाता परिचय पत्र ०६७४५८७४ रहेको छ।

यस्तै मण्डलसँग फेला परेको भारतको आधारकार्डमा पिप्रा खुर्द बिष्णुपुर–६ सुपौल सरायगढ भपटियाही बिहार ८५२१०५ उल्लेख छ। भारतीय आधार कार्डको नम्बर ७५२७१४७९७९८३ रहेको छ। दुबै देशको परिचयपत्रमा नाम, बुवाको नाम र तस्बिर एउटै मानिसको रहेको छ।

भारतीय आधारकार्ड र नेपाली नागरिकता फेला परेपछि दोहोरो नागरिकता लिएको आरोपमा मण्डलमाथि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरी जनाएको छ। मतदाता पचिचय पत्र र आधारकार्ड एकसाथ भेटिएपछि पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा उनले नेपाली नागरिकता पनि लिएको खुलेपछि प्रशासनले नागरिकता पनि बरामद गरेको छ।

जिल्ला प्रशासन कार्यालयका तत्कालिन प्रशासकिय अधिकृत माधवप्रसाद पोखरेलको हस्ताक्षरमा ०६२ भदौ १७ गते जारी नागरिकताको प्रतिलिपी उनले ०७७ पुस १७ गते निकालेका हुन्। प्रतिलिपीमा तत्कालिन प्रशासकिय अधिकृत आनन्दकुमार ठाकुरको हस्ताक्षर छ।

पक्राउ परेका मण्डलले भारतमा मजदुरी गर्दा आफूसहित धेरै जनाले भारतीय आधार कार्ड बनाएको बताएका छन्। अनुसन्धानको दायरा फराकिलो बनाउँदै मण्डललाई दोहोरो नागरिकता लिएको कसूरमा नागरिकता ऐन २०६३ बमोजिम मुद्दा चलाउन जिल्ला अदालतबाट मङ्गलबार नै म्याद थप गरेर अनुसन्धान सुरु गरिएको डिएसपी माधवप्रसाद काफ्ले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

सुप्रिम सहकारीको रकम ठगी प्रकरण : लामिछानेलाई थुनामै राख्ने अदालतको आदेश

एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले ज्यान फाले

एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले ज्यान फाले

बुटवलमा पूर्व श्रीमानद्वारा महिला र दुई नाबालक बालिकाको हत्या

बुटवलमा पूर्व श्रीमानद्वारा महिला र दुई नाबालक बालिकाको हत्या

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज