Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल १२ भदौ २०७८ मंगलबार

Author Avatar साझा न्यूज 28th August 2021 , 8:29 AM
आजको पञ्चाङ्ग एवम् राशिफल ३ साउन २०७८ आइतबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सम्वत् ११४१ वर्षा ऋतु वि.सं. २०७८ भाद्र १२ गते शनिबार तद्अनुसार सन् २०२१ अगस्त २८ तारिख भाद्र कृष्णपक्षको षष्ठी तिथि भरणी नक्षत्र वृद्धि योग ५ः२४ पर ध्रुव योग गर करण ४ः२० पर भद्रा करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४१ मा भयो र सूर्यास्त साँझ १८ः२७ मा हुनेछ ।

आजको राशिफल

मेष – समय शुभ र समृद्धिवर्द्धक छ । आरोग्यता बढ्ला । शुभ कार्यमा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछन् । मान, सुख र सम्पत्ति बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आफन्त सुख बढ्नेछ । घरपरिवारको स्थिति अनुकूलै रहला । सुख-सुविधाको वस्तु बढ्नेछन् । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह थपिनेछ ।

बृष – प्रेममा सफलता प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ, तर योजना बनाएर काम गर्नुपर्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मिथुन – रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै इष्टमित्रको साथ प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । मान महत्व धन-सम्पत्ति सुख-समृद्धिमा वृद्धि हुनेछ । विजयश्री मिल्नुको साथै वर्चस्व पनि बढ्ला । आफन्तको सहयोग समर्थन मिल्ला । पारिवारिक विकाससँगै कार्यक्षेत्रमा पनि सफल रहनुहुनेछ । दायित्व पूरा गर्नुसँगै नयाँ दायित्वको पनि प्राप्ति होला । रोकिएको कार्य बनेर मन प्रशन्न रहनेछ ।

कर्कट – ग्रहगोचर मिश्रित फलदायक छ । अन्न धनमा कमी आउने छैन । कार्यमा सफलता मिल्नुसँगै विकासको काम पनि बन्नेछ । बौद्धिक र रचनात्मक काममा रुचि बढ्नुसँगै यात्रामा पनि सफलता पाउनुहुनेछ । जोखिममा नपर्नु उचित हुनेछ ।

सिंह – शुभ र सफलताकारक छ । मिठो भोजन प्राप्त हुनेछ । यश वर्चश्व बढ्नेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । परिवारिक सुखशान्ति वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । नियम कानुनको साथ प्राप्त हुनेछ । योजना र बजेट बनाई कार्य गर्नु बेस रहला । उच्चाधिकारीहरूसँगको व्यवहारमा यश मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । भागदौड व्यस्तता लागिरहनेछ ।

कन्या – समय शुभ र भाग्यवर्द्धक छ । परिश्रम बढ्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्ने देखिन्छ । साझेदारीको कार्य बन्नुको साथै नयाँ-नयाँ कार्यमा पनि प्रगतिको बाटो बलियो बन्ने छ । जीवनसाथीको सुख-सहयोग पाउनुहुनेछ । रसरागमा आकर्षण गर्नेछ । मिठो भोजन पाउनुहुनेछ । मान प्रशंसा होला । ख्याति फैलिनेछ । सुख-शान्ति बढ्ला । यात्रामा ध्यान राख्नुपर्नेछ । लेखन-प्रकाशनसित सम्बन्धित काम बन्नेछ ।

तुला – ऋण रोग र शत्रुप्रति ध्यान राख्नुपर्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । आफन्तको सहयोग मिल्नुको साथै शत्रुलाई पनि जित्नुहुनेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विजयश्री मिल्नुको साथै सुख-समृद्धि पनि बढ्नेछ । आलस्य नगरी समयबाट बढीभन्दा बढी फाइदा लिनुहोस् । घरपरिवारको स्थितिमा सुधार हुनुको साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । मान महत्वमा कमी आउनेछैन ।

वृश्चिक – ऋण, रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । प्रेमको क्षेत्रमा सफलता मिल्ने समय छ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । इष्टमित्र सन्तान आदिद्वारा सहयोग प्राप्त होला । कला साहित्य संगीत गीत रसरागसित सम्बन्धित कार्यमा सफल रहनुहुनेछ । रचनात्मक र कलात्मक कार्यमा सफलताको साथै साथीभाइबीच आमोदप्रमोदमा हुनेछ । प्रेमपात्रको साथ पाइनेछ ।

धनु – भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु उचित हुने छैन । आफ्नै बल विवेकले काम गर्नु बेस रहला । विवाद आदिमाथि समाधान भने प्राप्त हुनेछ । ठूलो रकमको लगानीको सम्बन्धमा महत्वपूर्ण कागजपत्र माथि हस्ताक्षर गर्दा सचेत रहनु पर्नेछ । आयस्रोत बढ्नाले आर्थिक समस्या समाधान हुनेछ ।

मकर – विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्ला । लेखन प्रकाशन सित सम्बन्धित काम बन्नेछ । नयाँ-नयाँ काम बन्ला । मान महत्व वर्चस्व पर्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुको साथै सुख शान्ति बढ्नेछ ।

कुम्भ – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने छ । दायित्व पूरा गर्नुहुनेछ । यश वर्चश्व बढ्ला । भोजभतेरमा भाग लिनुहुनेछ । आर्थिक वार्तामा सफलता पाउनुहुनेछ । सभा र समारोहमा मान पुरस्कार प्राप्त होला । दरिद्री भागेर आर्थिक उत्थानको बाटो देखापर्ला । उच्चाधिकारीको साथ मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । गौरव बढ्नेछ ।

मीन – आरोग्यता बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन पाउनुहुनेछ । कार्य व्यापारमा पनि प्रगति होला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयपथमा अग्रसर रहिरहनु हुनेछ । सफलता र समृद्धिले पाइला चुम्नेछ । रसरागमा प्रवृत्ति बढ्नेछ । ख्याति फैलिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज