Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

श्रीकृष्ण जन्माष्टमी: किन र कसरी मनाइन्छ ?

Author Avatar साझा न्यूज 30th August 2021 , 9:44 AM
श्रीकृष्ण जन्माष्टमी: किन र कसरी मनाइन्छ ?

–बबिता गिरी/ ईसाझा न्यूज

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाइँदै छ ।

गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदी थुप्रै नामबाट पुकारियका श्री कृष्णले जन्मलिएको दिन आज संसारमा रहेका राधा कृष्णको मन्दिरहरुमा भक्तजनहरुको भिडभाड रहेको पाइन्छ ।

आजकै दिनलाई हिन्दु धर्मालम्वी महिलाहरुको महान चार्ड हरितालिका तिज भन्दा पहिले आउने सानो तिजका रुपमा पनि मान्ने चलन रहेको छ ।

हातमा मुरली, शिरमा मयुरको प्वाँख, अत्यन्तै चहक र अतिप्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले शितल बगैँचामा विराजमान भई बासुरी बजाएरै जीवजन्तुहरु, गोपिनीहरु तथा सबैलाई मन्त्रमुग्ध पार्न सक्थे ।

ज्ञानयोग्य, कर्मयोग र भक्तयोगका प्रणेता भगवान् श्री कृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट आठौँ सन्तानका रुपमा भएको मान्यता रहिआएको छ ।

जब जब संसारमा धर्मको हानी हुदै गएर अधर्म हावी हुँदै जान्छ, तब तब धर्मको रक्षाकालागी भगवान कृष्ण स्वयम यस धर्तिमा नयाँ अवतार लिइर आउने धर्मावलम्बीहरुको विश्वास हरेको छ ।

कृष्णभक्त तथा हिन्दु धर्मावलम्वीहरु आज विहानै स्नान गरी भगवान कृष्णको पुजा आरधना गरी उपवास बस्ने गर्छन् । भने भक्तजनहरु आज कृष्णको भजन कृतनहरु गाउँदै असत्य माथि सत्यको जितभएको वर्णन गर्ने गर्छन ।

कृष्ण भगवानको जन्म मध्यरातको १२ बजे भएको हुनाले नेपाली समुदायका हिन्दु धर्मावलम्बी महिलाहरु आजको दिनलाई सानो तिज तथा कृष्णको जन्मदिन विहान कृष्णको पुजा आरधना गरी उपवास बसी बिहानै देखि राती १२ बजे सम्म भजन कृतन गाउने नाच्ने गरी मध्यरातमा १२ बजे भगवान कृष्णको पुजा गरी मनाउने गर्छन्। यसो गर्नाले पुन्य प्राप्ती हुने धार्मिक विश्वास रहेको छ ।

मख्खन चोर,बदमाश,गोपिनीहरुका पानी र दुधका घैला फूटाउने कपडा लुकाउने चकचके जस्ता अन्यक कार्यले कृष्णको बालपनको सुन्दर चित्रण गरेको छ ।

भगवान श्री कृष्णको नामसंगै राधाको नाम पनि बडो आस्थाको साथ लिइन्छ र पुजिन्छ पनि । राधा र कृष्णको प्रेमलाई सारा जगतले मान्दै आएको छ । तेसो त कृष्णको विवाह राधासंग नभए पनि उनिहरुबिचको घनिष्ठ प्रेम र त्यागले संसारलाई नै प्रेमको सहि अर्थ बुझाएको पाईन्छ । भने आज बाट हरितालिका तिज नजिकिएको र विवाह भएर आफ्नो घर गएका चेलीबेटीहरुलाई तिजको दर खुवाउने साथै तिजको लागी निम्तो दिन पनि थालिने गरिन्छ।

पछील्लो समय कोरोना महामारीका कारण तिजको रौनकमा भने कमि आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज