Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तीन बुँदे सहमति कार्यान्वयन नभए फेरि विद्रोह हुन्छ : विप्लव

Author Avatar साझा न्यूज 13th November 2021 , 8:20 PM
तीन बुँदे सहमति कार्यान्वयन नभए फेरि विद्रोह हुन्छ : विप्लव

धनगढी। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफैंले गरेको तीन बुँदे सहमति कार्यान्वयनबाट सरकार पछि हट्न थालेको आरोप लगाएका छन् । तीन बुँदे सहमति भएको एक वर्षसम्म पनि कार्यान्वयन नभएको बताउँदै उनले सहमति कार्यान्वयन गर्न आनाकानी गरे फेरि विद्रोह हुने चेतावनी दिएका छन् ।

‘सहमति भएको एक वर्षसम्म पनि सरकार आफ्ना वाचा पूरा गर्न आनाकानी गरिरहेको छ,’ शनिबारदेखि धनगढीमा सुरु भएको दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै महासचिव विप्लवले भने, ‘सहमति कार्यान्वयन नगर्नु सरकारको कमजोरी हो । हामीलाई घेराबन्दी पार्न खोजे फेरि विद्रोह हुन सक्दछ ।’

उनले आफ्नो पार्टीसँग हतियार नभएको बताए । अहिले चौतर्फी रूपमा विप्लवसँग हतियार छ भन्ने आवाज उठ्न थालेको बताउँदै उनले आफ्नो पार्टीसँग कुनै हतियार नभएको बताए ।

‘सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउँदा कुनै चौकीमाथि हामीले आक्रमण गरेनौं,’ उनले भने, ‘न विदेशीसँग सहयोग माग्यौं । अनि कसरी हतियार हुन्छ । बिना प्रमाण किन आरोप लगाइँदै छ ?’

सरकारसँग वार्ता गरे पनि यो संविधान भने आफ्नो पार्टीले नमान्ने उनले बताए । वार्तामा संविधान मान्नुपर्छ भन्ने सहमति नभएको बताउँदै उनले आफूहरूको एजेण्डा जनमत संग्रह भएको बताए ।

‘संसदीय व्यवस्था पूर्ण रूपमा असफल भइसक्यो,’ उनले भने,‘यस्तो व्यवस्था मानेर कुर्सीमा बस्न यो पार्टी जन्मेको होइन । हाम्रो माग जनमत संग्रह गर्ने हो । त्यसैका लागि हामी संघर्ष गर्ने छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

भर्खरै प्रकाशित

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज