आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक सम्वत्सर हेमन्त ऋतु वि.सं. २०७८ मार्गशीर्ष १९ गते तद्अनुसार सन् २०२१ दिसम्बर ५ तारिख आइतबार, मार्गशीर्ष शुक्लपक्ष प्रतिपदा तिथि ज्येष्ठा नक्षत्र १०ः१६ पर मूल नक्षत्र धृति योग १ः७ पर शूल योग बालव करण आनन्दादिमा काण योग चन्द्रमा वृश्चिक राशिमा १०ः१६ बजेसम्म त्यसपछि धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४१ मा र सूर्यास्त साँझ १७ः७ बजे हुनेछ ।
आजको राशिफल
मेष – खराब मानिसको भर पर्दा धोका पाइन सक्छ । तथापि, प्रयत्न गर्दा अप्ठ्यारा काम बन्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । यश वर्चश्व बढ्ला । आँट उत्साह वृद्धि हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । सन्तानबाट सुख बढ्नेछ । वार्तामा सफलता मिल्नेछ ।
वृष – मिश्रित समय छ । रोकिएका काम बन्नेछन् । सम्मानमा चोट पुग्न सक्छ, सचेत रहनुहोला । धनको आवागमन भैरहने छ । विलासमा आकर्षण बढ्नेछ । व्यस्तता बढ्नेछ । दौडधुपबाट समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन प्राप्त हुनेछ ।
मिथुन – धार्मिक कार्यमा सफलता मिल्ला । सम्पत्तिको विषयमा विवाद हुन सक्छ । व्यस्तता बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण रहला । आशा उत्साहमा वृद्धि हुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । आकस्मिकता रहनेछ । विशेष परिश्रमबाट सफलता पाउनुहुनेछ । आयस्रोत वृद्धि हुनेछ ।
कर्कट – मान/सम्मान मिल्नेछ । हातमा आएको मौका आफ्नै कारणले गुम्न सक्छ । आफन्तको सहयोग प्राप्त हुनेछ । आजको दिन शुभ काममा लाग्नु हितकर होला । प्रेममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख-सुविधाको वस्तु बढ्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । धनको आवागमन भैरहनेछ । रसरागमा आकर्षण बढ्नेछ । जीवनसाथीको साथ मिल्नेछ ।
सिंह – खानपानमा सजग रहनुहोला । सुखद खबरले उत्साह बढाउनेछ । प्रतिभाको उचित कदर होला । आरोग्यता बढ्नुको साथै उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।
कन्या – मित्रताको बन्धन कसिएला । मित्रजनको सहयोगबाट अप्ठ्यारा काम पनि बन्नेछन् । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । प्रेममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । ख्याति फैलिनेछ । आर्थिक क्रियाकलापका साथै बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ ।
तुला – कानूनी विषयमा झमेला पर्न सक्छ, ध्यान राख्नुहोला । जीवनसाथीसँग मनमुटाव रहला । जोखिमपूर्ण कार्यमा रुचि रहला, तर सद्कार्यमा लाग्दा नै शुभ हुनेछ । आजको दिन अरुको भर नपर्नुहोला । ठगी विश्वासघातदेखि सचेत रहनुपर्नेछ । गोप्य काम बन्नेछ । जोखिम बढ्न सक्छ । आरोग्यतामा ध्यान दिनु पर्नेछ । विवादबाट बच्नुहोला ।
वृश्चिक – आफन्त र परिवारजनमा आत्मियता बढ्नेछ । खराब आचरणका व्यक्तिसँग नजिकिनुपर्ने अवस्था आउन सक्छ, विचार गरी व्यवहार गर्नुहोला । कार्यमा सफलता मिल्नेछ । नयाँ साथी भेटिनेछ । आशा उत्साह वृद्धि हुनुका साथै नयाँ सम्भावना देखापर्ला । धन सम्पत्ति बढ्नेछ । दायित्व बढ्ला र दायित्वलाई पूरा पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । विलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । आर्थिक लगानीमा वृद्धि हुनेछ ।
धनु – भौतिक साधन जुट्नेछ । धनलाभ होला । विशेष काम शुरु गर्ने अवसर जुर्नेछ । साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।
मकर – बन्धुबान्धवसँग असमझदारी बढ्न सक्छ, तर विभिन्न अवसरले पछ्याउनेछ । बिघ्न हट्ला । कर्मयोगी रहनु हुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ । प्रयासरत काम बन्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न होला । सन्तानको साथ-सहयोग मिल्नेछ ।
कुम्भ – घरखर्च बढ्नेछ । सम्पत्तिमा विवाद आउन सक्छ । स्वास्थ्यमा पनि ख्याल राख्नुपर्नेछ । यात्रा होला, खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोग विलासमा आकर्षण बढ्ला । छलकपट धोखाधडी आदिप्रति सचेत रहनुहोला ।
मीन – आर्थिक समस्या समाधान हुनेछ । घरखर्च बढ्नेछ । लामो समयदेखि रोकिएको काम भने बन्नेछ । ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ । अन्नधन बढ्नेछ ।
















































