Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपालमा अस्थिरता मच्चाउन खोज्ने शक्ति सक्रिय : केपी ओली

Author Avatar साझा न्यूज 15th December 2021 , 3:13 PM
माधव नेपालले वडा अध्यक्ष त के सदस्य पनि जित्दैनन् : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अस्थिरताका लागि काम गरिरहेको बताएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित मनोनीत केन्द्रीय सदस्यहरुको बुधबार शपथग्रहण कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रच्ण्ड’ र माधवकुमार नेपाल त्यसको संवाहक भएको उनको आरोप थियो ।

“अस्थिरता मच्चाउन खोज्ने शक्ति सक्रिय रहेका छन् । नियन्त्रित अस्थिरता हाम्रो नीति हो भनेर भनिएको थियो,” ओलीले भने,“त्यसका लागि अस्थिरताका संवाहक शक्ति नेपालमा छन् । सबैभन्दा चर्को गरी चल्ने प्रचण्ड एन्ड माकुने एन्ड कम्पनी । संवाहक तत्वहरु यिनैहरु हुन् ।”  ओलीले प्रचण्ड र नेपालसँग एकीकरण सम्भावना नभएको पनि ठोकुवा गरे । “हामीले राम्रोसँग चिनेका छौँ । उनीहरुको कहाँबाट स्वीच अन÷अफ हुन्छ हामीले छर्लङै देखेका छौँ । महान जनयुद्ध भनेर भनियो । हतियार कहाँबाट ल्याइयो । त्यो खोजिएन,” उनले भने । ओलीले जनयुद्ध पनि आफ्नो दुनो सोझ्याउने नीतिअनुसार गरिएको बताए ।

ओलीले जनयुद्ध र महान क्रान्तिका नाममा बाहिरी देशमा तालिम दिएर युवाहरुलाई बर्बाद पारेर केही मान्छे महान नेताको रुपमा उदाएको बताए ।  ओलीले नेपाली कांग्रेसले खराब तत्वसँग साँठगाँठ गर्ने र देशभक्त शक्तिसँग जाइलाग्ने प्रवृति अंगालेको टिप्पणी गरे । कांग्रेसले यो नीति अवलम्बन गर्न छोड्नुपर्ने उनको सुझाव छ ।  “प्रतिगामी शक्तिको मतियार भएर नहिँडोस् । २०१५ सालको उपलब्धि २०१७ सालमा गुम्यो । कांग्रेसकै काराणले । त्यसपछिका कदम पनि त्यस्तै भए । माघ १९ मा पनि त्यस्तै भयो ।

ज्ञानेन्द्रले उधुम मच्चाए,” ओलीले भने,“त्यतिखेर प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर उपद्रो मच्चाइएको थियो । २०६० साल मंसिर १९ मा ५ बुँदे सहमति भएको थियो । प्रचण्ड र ज्ञानेन्द्रबीच के भएको थियो त्यो भन्नुपर्यो ।”  बाहिर क्रान्ति, राष्ट्रियता र परिवर्तनका कुरा गरेर भित्र भित्र प्रतिक्रियावादीको शिकार हुन काम भएको ओलीले बताए । अहिले पनि स्वार्थी मानिसहरु त्यसका पछि कुदिरहेको ओलीको टिप्पणी छ ।

“हामीले जनदबाबबाट यी कुराहरु सच्याउनुपर्ने छ । केन्द्रीय कमिटीमा निर्वाचित भएका र मनोनीत भएका साथीहरुले यी सबै कुरा बुझ्नुपर्ने छ,” उनले भने,“हाम्रो राष्ट्रिय आकांक्षा सुखी नेपाली, समृद्ध नेपालका लागि त्यो काममा अघि बढ्नुपर्ने छ ।” ओलीले जनताका नेता हुनका लागि विचार, व्यवहार, आचरण, शैली राम्रो बनाउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज