Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमालेको लुम्बिनी प्रदेश अधिवेशन ८ माघमा नेपालगन्जमा हुने

Author Avatar साझा न्यूज 21st December 2021 , 12:14 PM
एमालेको लुम्बिनी प्रदेश अधिवेशन ८ माघमा नेपालगन्जमा हुने

नेकपा (एमाले)ले लुम्बिनी प्रदेश कमिटीको अधिवेशन आगामी ८ माघमा बाँकेको नेपालगन्जमा आयाेजना गर्ने निर्णय गरेको छ । एमाले लुम्बिनी प्रदेश कमिटीको दाङमा बसेको बैठकले प्रदेश अधिवेशनको मिति तय गरेको हो । दाङको बाह्रकुनेमा सम्पन्न छैठौं पूर्ण बैठकले प्रदेश अधिवेशनका लागि १२ वटै जिल्लाले २८ पुसभित्र प्रतिनिधि चयन गर्नुपर्ने निर्णय पनि गरेको छ । एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार २८ पुसभित्र सबै जिल्लाका प्रतिनिधि चयन गर्ने निर्णय गरिएको छ ।

बैठकले प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा १ हजार १९९ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरेको छ । बैठकले प्रदेशको नेतृत्वका लागि प्रदेश निर्वाचन क्षेत्रलाई आधार बनाउने निर्णय पनि गरेको छ । जसअनुसार दुईसय पार्टी सदस्य बराबर एक जना प्रतिनिधि, दलितका लागि एक सय पार्टी सदस्य बराबर एक जना प्रतिनिधि, हरेक तीन जना प्रतिनिधिमा एक जना महिला अनिवार्य, विभिन्न जनसंगठन, प्रदेश सल्लाहकार, अपाङ्गता भएका, जिफन्टलगायतबाट पनि प्रतिनिधि हुनेगरी मापदण्ड बनाइएको छ ।

बैठकले प्रदेश अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन तयारीका लागि प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, कँडेलकै संयोजकत्वमा सात सदस्यीय कार्यालय तथा प्रतिनिधि व्यवस्थापन समिति, उपसचिव लिला रानाको संयोजकत्वमा प्रचारप्रसार समिति, उपसचिव दुर्गा थारुको संयोजकत्वमा मन्च व्यवस्थापन र परिचालन समिति, निरक गुरुङको संयोजकत्वमा आवास तथा खाद्य व्यवस्थापन समिति, आरती पौडेलको संयोजकत्वमा अतिथि सत्कार समिति, बाबुराम भट्टराईको संयोजकत्वमा स्वास्थ्य समिति, लक्ष्मण आचार्यको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ ।

१३ पुस देशभर एकैसाथ सम्पन्न हुने जिल्ला अधिवेशनलाई लुम्बिनी प्रदेशमा व्यवस्थित र प्रभावकारी बनाउन ७ पुस बर्दिया, ८ गते गुल्मी, अर्घाखाँची, प्युठान र रोल्पा, ९ पुस रुपन्देही, पाल्पा, बाँके र १० पुस नवलपरासी, कपिलवस्तु र रुकुमपुर्वमा बैठकको आयोजन गर्ने निर्णय पनि एमाले प्रदेश कमिटी बैठकले गरेको छ । जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड भने जिल्ला कमिटीले नै तय गर्नेछ । बैठकले जिल्ला अधिवेशनभन्दा अघि टोल कमिटीको भेला र कमिटी निर्माण, मतदाता नामावली अद्यावधिक, पार्टी प्रवेश गर्न चाहनेको अभिलेख तयार गर्न जिल्ला कमिटीलाई सर्कुलर गर्दै अधिवेशन भव्यताका साथ सम्पन्न गर्न निर्देशन दिएको छ । एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा बसेको बैठकलाई पार्टीका महासचिव शंकर पोखरेल, एमाले सचिव तथा लुम्बिनी इन्चार्ज छविलाल विश्वकर्मालगायतले सम्बाेधन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज