Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आज राष्ट्रघाती एमसीसीविरुद्ध संसद् भवन घेराउ

Author Avatar साझा न्यूज 21st December 2021 , 12:36 PM
आज राष्ट्रघाती एमसीसीविरुद्ध संसद् भवन घेराउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित आठ दलरमोर्चाले आज दिउँसो एक बजे संसद् भवन घेराउ गर्ने भएका छन् । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले षड्यन्त्रपूर्वक संसद्‌बाट राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न लागेपछि नेकपासहित आठ दल र मोर्चाले नयाँबानेश्वरस्थित संसद् भवन घेराउ गर्न लगेका हुन् ।

आन्दोलनकारी दलहरू आज अपराह्न १२ बजे आठ दलका नेता, कार्यकर्ता, देशभक्त शक्ति र क्रान्तिकारी जनसमुदाय माइतीघरमण्डलामा भेला भएकाे छ । एमसीसी सम्झौताविरुद्ध नाराबाजी गर्दै हजारौँको जुलुस लिएर संसद् भवन घेराउ गर्न नयाँबानेश्वर पुग्ने याेजना रहेकाे जनाए । घेराउका क्रममा आन्दोलनमा उत्रिएका दलहरूका विभिन्न नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएका छन् । आन्दोलनकारी दलले यसअघि मङ्सिर २८ गते पनि एमसीसीविरुद्ध संसद् भवन घेराउ गरेका थिए । घेराउ कार्यक्रममाथि दमन गर्दै सरकारले नेकपाका प्रवक्ता प्रकाण्डलगायत कयौँ प्रदर्शनकारीलाई घाइते बनाउनुका साथै असीजनाको हाराहारीमा नेता–कार्यकर्तालाई गिरफ्तार गरेको थियो ।

राजनीतिक दलहरूको सङ्घर्षका कारण २८ गते सरकारले उक्त सम्झौता पारित गर्न सकेको थिएन । पुस ६ गते अर्थात् आज संसद् भवन घेराउसहितको सङ्घर्ष घोषणा गर्दै आठ दलरमोर्चाले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध देशभर सशक्त आन्दोलन गर्ने निर्णय गरी विज्ञप्ति जारी गरेका थिए । आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ८ पार्टीले भनेका थिए, ‘गत मङ्सिर २८ गते नै संसद्‌बाट पारित गराउने देउवा सरकारको योजना जनताको सङ्घर्षको तागतले असफल भएपछि पुस ६ गते बोलाइएको संसद् बैठकबाट जुनसुकै अवस्थामा पनि पारित गराई लागू गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार भएकाले त्यसलाई असफल पार्न सङ्घर्षको थप कार्यक्रम घोषणा गरेका छौँ ।’

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको थियो, ‘एमसीसी सम्झौता र त्यसलाई नेपालमा कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्ध नेपाली जनता अविराम आन्दोलित छ । पछिल्लो शेरबहादुर देउवा सरकारले संसद्को आकस्मिक बैठक बोलाएर पारित गराउने रणनीति बनाएपछि हामी ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चा संयुक्त आन्दोलनमा छौँ । गत मङ्सिर २८ गते नै संसद्‌बाट पारित गराउने देउवा सरकारको योजना जनताको सङ्घर्षको तागतले असफल भएपछि पुस ६ गते बोलाइएको संसद् बैठकबाट जुनसुकै अवस्थामा पनि पारित गराई लागू गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार भएकाले त्यसलाई असफल पार्न सङ्घर्षको थप कार्यक्रम घोषणा गरेका छौँ । उक्त सङ्घर्षको कार्यक्रमलाई भव्य रूपमा सफल पार्न कम्युनिस्ट क्रान्तिकारीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्तहरू र आमनेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।’

विज्ञप्ति जारी गर्नेहरूमा विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह, महामन्त्री नेपाल कम्युनिस्ट पार्टी ९मसाल०, मोहन वैद्य ‘किरण’ महासचिव नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०, सी।पी। मैनाली, महासचिव नेपाल कम्युनिस्ट पार्टी ९माले०, ऋषि कट्टेल, अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी, सी।पी। गजुरेल अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, चित्रबहादुर के।सी। अध्यक्ष, राष्ट्रिय जनमोर्चा, नेपाल र आहुती संयोजक वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल रहेका छन् । यसअघि नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै अमेरिकी परियोजना एमसीसी सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेकाले एमसीसीलाई संसद्मा दर्ता नगर्न सङ्घीय संसद्का सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई विशेष आग्रह गरेका थिए ।

गत मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले विभिन्न राजनीतिक पार्टीमा आबद्ध देशभक्त नेता र व्यवस्थापिका संसद् सदस्यहरूलाई पनि एमसीसीविरुद्ध आआफ्नो स्थानबाट सङ्घर्ष गर्न पनि आग्रह गरेका थिए । महासचिव विप्लवले विज्ञप्तिमा भनेका थिए, ‘नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताविपरीत हुने भएकाले एमसीसी सम्झौता खारेज गर्न अमेरिकी सरकारसँग आग्रह गर्दछौँ । नेपालका लागि निःस्वार्थ सहयोग हो भने रकम बिनासम्झौता नेपाललाई हस्तान्तरण गर्न माग गर्दछौँ । राष्ट्रघाती एमसीसीविरुद्धको सङ्घर्ष सम्पूर्ण नेपालीहरूको साझा दायित्व हो । यसको खारेज नभएसम्म यो आन्दोलन निरन्तर अघि बढ्नेछ । त्यसैले राष्ट्रिय स्वाधीनताको यो महत्वपूर्ण सङ्घर्षमा आआफ्नो तहबाट सहभागी हुन नेपालका सबै क्षेत्र र देशबाहिर रहनुभएका सबै नेपालीहरूमा हार्दिक अनुरोध गर्दछौँ । साथै कुनै पनि स्थितिमा एमसीसी अघि बढाएको खण्डमा प्रतिरोध सङ्घर्षमा उत्रिनसमेत सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज