आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ ऋतु वि.सं. २०७८ पौष ८ गते बिहीबार तद्अनुसार सन् २०२१ दिसम्बर २३ तारिख पौष कृष्णपक्ष चतुर्थी तिथि अश्लेषा नक्षत्र वैधृति योग कौलब करण आनन्दादिमा अमृत योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५३ बजे र सूर्यास्त साँझ १७ः१३ बजे हुनेछ ।
आजको राशिफल
मेष – व्यस्तता बढ्नेछ । गोपनियतामा विशेष ध्यान दिनुहोला । काम बिग्रन सक्छ । धनको आवागमन भैरहनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । हास विलासमा पनि रुचि बढ्नेछ । सुख–सुविधाको वस्तु र विलासको बस्तु बढ्लान् । ऋण रोग र शत्रुमाथि ध्यान राख्नु पर्ला ।
वृष – आफन्तसँग भेट होला । भोजभतेरमा रमाउनुहोला । सम्मान मिल्नेछ । लाभ वृद्धि हुनेछ । आरोग्यता बढ्ला । मिठो भोजन प्राप्त होला । विजयश्री मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । अन्नधन वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।
मिथुन – स्वास्थ्य प्रतिकुल रहे पनि हिम्मतमा कमी हुने छैन । धन सम्पत्ति बढ्नेछ । भागदौड बढ्नेछ । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ । सुख सुविधाको बस्तु बढ्नेछ ।
कर्कट – प्रतिष्पर्धीहरूले अप्ठ्यारोमा पार्न सक्छन् । खर्च वृद्धि हुन सक्छ । शुभ र भाग्यबर्द्धक काम बन्नेछ । आरोग्य वृद्धि हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । खेलकुद भ्रमणमा रुचि बढ्ला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । मिठो भोजन मील्नेछ । आनन्दमा वृद्धि होला । मानसम्मान ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।
सिंह – मन प्रफुल्ल रहला । आयआर्जन बढ्ला । भागदौड बढ्ला । शारीरिक र आर्थिक कार्यमा जोखिम नलिनु बेस होला । ऋण रोग र शत्रुप्रति सचेत रहनुहोला । स्वास्थ्यमा लापर्वाही नगर्नु हितकर रहनेछ । यात्रामा लापर्वाही नगर्दा हितकर रहनेछ । अरुको भरमा नबस्नु बेस होला ।
कन्या – मनग्गे धन आर्जन हुने समय छ । परिजनको साथ मिल्ला । शुभ र लाभदायक काम बन्नेछन् । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । मीठो भोजन पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ । विलासमा रुची बढ्नेछ । ख्याति फैलिनेछ । धन सम्पत्ति बढ्नेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।
तुला – आश मारेको काम पनि बन्न सक्छ । जोखिमपूर्ण काममा हात हालेर अवसरको खोजी गर्ने समय छ । मान महत्व बढ्नेछ । गौरव वृद्धि हुनेछ । यात्रा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभ र भाग्यबर्द्धक कार्य बन्ला । मनोकूलको काम बनेर मन प्रसन्न भैजानेछ ।
वृश्चिक – अरुको भर पर्दा दुःख मिल्ला । शुभचिन्तकहरूको सुझावमाथि ध्यान नदिँदा अप्ठ्यारोमा पर्न सकिने छ । आरोग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । प्रेमपथमा प्रगति होला । काममा सफलता पाउनुहुनेछ । सद्कर्म पथमा प्रगति होला । भाग्योदय होला । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । इष्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तान सुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।
धनु – दीगो फाइदा हुने काममा लगानीको अवसर मिल्ला । सुखदुुःखमा साथ दिने भेटिनेछन् । भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्ने उचित हुने छैन । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु हितकर रहला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । हासविलास खेलकुद भ्रमण आदिमा रुचि बढ्ला । जोखिमप्रति सचेत रहनुपर्नेछ ।
मकर – प्रेममा सफलता मिल्ला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । ऐश्वर्य बढ्नेछ ।
कुम्भ – वादविवादमा परिएला, विचार गर्नुहोला । धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । आरोग्यप्रद काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ । सुख शान्ति बढ्ला ।
मीन – रोकिएका काम बन्नेछन् । समय शुभ र भाग्यवर्धक छ । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विकास होला । सुख–सुविधा बढ्नेछ । मन अनुकूलको काम बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । यात्रा होला । सन्ततिसुख बढ्ला ।
















































