प्रहरीले बुधबार बेलुका सुवेदीलाई विराटनगरबाट पक्राउ गरेको हो । बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको थियो ।
हिनामिनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि कर्मचारी हिमाल भट्टराईलाई पक्राउ गरेको थियो । १५ करोड रुपैयाँ बढी रकम हिनामिना प्रकरणमा सुवेदीको पनि संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीले बताए ।
















































