काठमाडौँ । नेपाल कले भौतिक रूपमा भेटेर शुभकामना एवम् बधाई नलिने भएका छन् । कोभिड संक्रमण बढेसँगै यो क्रम आजैबाट रोकिएको उनको सचिवालयले जनाएको छ
प्रचण्डलाई शुभकामना दिनेहरूलाई धन्यवाद ज्ञापन गर्दै सचिवालयले भनेको छ, ‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौँलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरूको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवम् शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौँ ।’
पुस १९ गते पार्टी अध्यक्षमा दोहोरिएका प्रचण्डले नेता/कार्यकतासँगै शुभेच्छुकहरूकाे बधाई एवम् शुभकामना भाैतिक रूपमा भेटेरै ग्रहण गर्दै आएका थिए ।
















































