साझा न्यूज । तौलिहवा
नेपाली कांग्रेसका युवा नेताहरु राधेश्याम चौधरी र सोनु चौधरीका पिता केदार प्रसाद चौधरीको निधन प्रति नेपाली कांग्रेसले गहिरो दुख व्यक्त गरेको छ । नेपाली कांग्रेसका पुर्व पार्टी सभापति सुधाकर पाण्डेय सहितका नेताहरु स्वर्गीय कुर्मीको घरमा पुगी उनको आत्माको शान्तिको लागि प्रार्थना गरेका छन् ।
नेता पाण्डेयले स्वर्गीय कुर्मीका छोरा नेपाली कांग्रेसका युवा नेता रोधश्याम कुर्मीलाई भेटी शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् । सो अवसरमा नेपाली कांग्रेसका केन्द्रिय महाअधिवेशन प्रतिनिधी गोपीकृष्ण शर्मा, नेपाली कांग्रेसका जिल्ला नेता राम आशीष शर्मा, सदाबृक्ष बरई, नेपाली कांग्रेस कपिलवस्तु नगर समितिका उपसभापति विनोद अधिकारी, नेपाल प्रेस यूनियनका सभापति गोपाल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
स्वर्गीय नेता कुर्मीको ७६ वर्षको उमेरमा निधन भएको थियो । उनी साविक धनकौली गाविसका अध्यक्ष समेत रहेका थिए । स्वर्गीय नेता कुर्मी पछिल्लो समय नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
नेता कुर्मीको निधन प्रति नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति राजेश आचार्य, नेपाली कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलाम खां, नेपाली कांग्रेस लुम्विनी प्रदेश समितिका महामन्त्री सुरेन्द्र राज आचार्य, नेपाली कांग्रेस कपिलवस्तु संसदीय क्षेत्र नं. २ का सभापति केशव श्रेष्ठ, नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. २ ख का सभापति गिरिजेश पाण्डेय लगायतले शोक समवेदना व्यक्त गरेका छन् ।
भाद्र १३ गते मंगलवार बुद्धभूमि नगरपालिका वडा नं. १० हरदासडिहवा स्थित आफ्नो निवासमा स्वर्गीय नेता कुर्मीको १३ औ दिनको पुण्य तिथिको अवसरमा ब्रम्हभोजको कार्यक्रम रहेको छ ।
















































