Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमालेको सरकार बनेमात्रै देश बन्छ : महासचिव पोखरेल

Author Avatar साझा न्यूज 31st August 2022 , 7:06 PM
एमालेको सरकार बनेमात्रै देश बन्छ : महासचिव पोखरेल

सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेल नेकपा एमालेको सरकार बनेमात्रै देश बन्ने दाबी गरेका छन्। नेकपा एमाले सिन्धुलीलेले बुधबार मरिण गाँउपालिका(४ सहानमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले त्यसका लागि राजनीतिक ध्रुवीकरणसहितको नेतृत्व एमालेले गर्न खोजिरहेको स्पष्ट पारे।

‘हामी एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा एकीकृत गर्दै प्रदेश र संघीय निर्वाचनमा ठूलो दलका रुपमा स्थापित गर्ने अभियानमा जुटेको छौं। एमालेको सरकार बनेमात्र यो देश बन्छ,’ उनले भने।

पोखरेलले यस अभियानमा नेकपमा माओवादी र एकीकृत समाजवादीका नेता कार्यकर्ताहरुलाई समेत एमालेमा गोलबद्ध हुन आह्वान गरे। ‘आउनुस् वामपन्थी आन्दोलनका सबै मित्रशक्तिहरु नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गरौँ। अब नेपाललाई कुन बाटो हिँडाउने भन्ने प्रश्नको जवाफ जनताको बीचबाट खोजौं,’ उनले थपे।

दलहरुको गठबन्धनले देश बनेको इतिहास कतै नभएको चर्चा गदै उनले आन्तरिक नेतृत्व र राजनीतिक स्थायित्वले मात्रै देश बन्ने बताए। उनले थपे, ‘गठबन्धन अस्थिरताको परिणाम हो। गठबन्धनको नाटकबाट मुलुकले स्थायित्व प्राप्त गर्न सक्दैन। बलियो राष्ट्रिय शक्तिले मात्र मुलुकमा राजनीतिक स्थायित्व दिनसक्छ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गर्दै महासचिव पोखरेलले नेकपा माओवादी केन्द्र सरकारमा भए पनि उसले दलाल पुँजीवादको सेवा गरिरहेको आरोप लगाए।

प्रचण्ड र माधवकुमार नेपालका कारण नेकपा एमालेलाई षड्यन्त्रपूर्ण तरिकाले विभाजन गरिएको समेत उनको आरोप छ। महासचिव पोख्रेलले प्रचण्ड सत्ताबिना बस्न नसक्ने पनि टिप्पणी गरे। महासचिव पोख्रेलले जनताका लागि बोलेका कुराहरु पूरा गर्न सक्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित चार सय बढी नेकपा एमालेमा प्रवेश गरेका छन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्य मिथिला फुयाँल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामकुमार पौडेल, मरिण गाउँकमिटिका निवर्तमान अध्यक्ष गोपाल बुढाथोकीलगायत ४४८ जना एमाले प्रवेश गरेका हुन्। पौडेले राष्ट्रिय भूमि आयोग सिन्धुलीका अध्यक्षसमेत हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज