Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जसपा एमालेतिर लाग्दा कहाँ-कहाँ बिग्रिन्छ सत्ता गठबन्धनको हिसाब ? (सूचीसहित)

Author Avatar साझा न्यूज 7th October 2022 , 3:10 PM
जसपा एमालेतिर लाग्दा कहाँ-कहाँ बिग्रिन्छ सत्ता गठबन्धनको हिसाब ? (सूचीसहित)

जसपालाई आफूतिर ल्याउँदा एमालेले गठबन्धन फुटाउने मात्र होइन, चुनावी अंकगणितमा समेत राम्रै लाभ पाउने देखिन्छ । स्थानीय निर्वाचन २०७९ मा वडाध्यक्षहरूले पाएको मतका आधारमा हेर्दा पाँचदलीय गठबन्धनसँग एक्लै लड्दा एमाले देशभरमा केवल ९ सिटमा अगाडि देखिन्छ । राप्रपा थपिँदा यो अग्रता १७ मा पुग्थ्यो । जसपा पनि जोडिँदा यो सिट संख्या ४९ पुग्छ ।

काठमाडौं । नेकपा एमाले सत्तारूढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)लाई मागेअनुसार सिट दिएर आफूतिर तान्ने प्रयासमा जुटेको छ ।

एमाले नेताहरूका अनुसार केही घण्टाभित्रै सहमति हुनसक्छ । त्यसो भएमा सत्ता गठबन्धनमा चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा रहने छ भने एमाले नेतृत्वको गठबन्धनमा जसपा र राष्ट्रिय प्रजातन्त्र पार्टी रहनेछ ।

जसपालाई आफूतिर ल्याउँदा एमालेले गठबन्धन फुटाउने मात्र होइन, चुनावी अंकगणितमा समेत राम्रै लाभ पाउने देखिन्छ । स्थानीय निर्वाचन २०७९ मा वडाध्यक्षहरूले पाएको मतका आधारमा हेर्दा पाँचदलीय गठबन्धनसँग एकल रूपमा लड्दा एमाले देशभरका १६५ क्षेत्रमध्ये जम्मा ९ सिटमा अगाडि देखिन्छ ।

राप्रपा थपिँदा यो अग्रता १७ मा पुग्थ्यो । जसपा पनि जोडिँदा यो सिट संख्या ४९ पुग्छ । सत्ता गठबन्धन ११५ र नेपाल मजदुर किसान पार्टी एक सिटमा अगाडि देखिन्छ । ५ प्रतिशतभन्दा कम मतान्तर भएको क्षेत्र ५१ हुनेछ, जसमा कुनै पनि पक्षले जित्ने सम्भावना हुन्छ ।

मधेसमा लाभैलाभ

जसपालाई आफ्नो गठबन्धनमा ल्याउँदा एमालेलाई सबभन्दा ठूलो लाभ मधेस प्रदेशमा हुनेछ ।

गठबन्धनसँग एकल रूपमा लड्दा मधेस प्रदेशका ८ जिल्लाका ३२ वटै निर्वाचन क्षेत्रमा एमाले पछाडि पर्छ । राप्रपा थपिँदा मधेसको गणितमा ठूलो फरक पर्दैन । यद्यपि एमालेले पछिल्लो समय मधेसमा आक्रामक रूपमा पार्टी प्रवेश अभियान चलाएको छ । यसले केही क्षेत्रको गणित फेरबदल गरेको छ ।

जसपा र राप्रपालाई साथमा लिन सक्दा एमाले गठबन्धनले स्थानीय चुनावकै मतका आधारमा ११ क्षेत्रमा अगाडि हुनेछ । सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ र ३, सिराहाको १, २ र ४, महोत्तरीको ३, बाराको २ र ३ तथा पर्साको १, २, ३ र ४ मा एमाले गठबन्धन अगाडि हुनेछ ।

अरु प्रदेशमा पनि फेरबदल हुनेछ गणित

एमालेले जसपा र राप्रपासँग तालमेल गर्दा प्रदेश १ को झापा, मोरङ, सुनसरीमा लाभ उठाउनेछ । झापामा जसपाभन्दा राप्रपाले एमालेलाई धेरै मद्दत गर्छ । एमाले र राप्रपा मिल्नासाथ पाँचवटै क्षेत्रमा सत्ता गठबन्धन पछाडि पर्नेछ ।

जसपा थपिँदा मोरङको २ र ४ तथा सुनसरीको २, ३, ४ क्षेत्रमा एमाले गठबन्धन अगाडि हुनेछ । प्रदेश १ कै ताप्लेजुङ र धनकुटामा पनि यो गठबन्धन हावी हुनेछ ।

बाग्मती प्रदेशको काठमाडौंको ४ र ९, ललितपुरको १, चितवनको २ मा सत्ता गठबन्धनभन्दा एमाले गठबन्धन अगाडि हुनेछ । गण्डकी प्रदेशको म्याग्दी, कास्कीको ३, तनहुँको १ र स्याङ्जा तथा लुम्बिनी प्रदेशको पाल्पा नवलपरासी पश्चिम, रूपन्देहीको १, २, ४ र ५, कपिलवस्तुको १, २ र ३, दाङ १ र बाँके ३ मा पनि एमाले गठबन्धन अगाडि हुने स्थानीय चुनावको मतले देखाउँछ ।

एमाले नेताहरू पनि राप्रपा र जसपासँग गठबन्धन गर्दा मधेस प्रदेशमा जसपा र देशभरमा एमाले पहिलो पार्टी बन्ने दाबी गर्छन् ।अनलाइन खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज