Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सांसद शाहले १५ बर्षिय प्रत्यक्ष राजनितिमा के गरे ?

Author Avatar साझा न्यूज 22nd October 2022 , 8:27 PM
सांसद शाहले १५ बर्षिय प्रत्यक्ष राजनितिमा के गरे ?

कपिलवस्तु । जिल्लाकाे पश्चिम क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह तीन पटक प्रत्यक्ष निर्वाचित भई चार पटक सांसद हुने जिल्लाकाे एकमात्र नेता हुन ।
आफ्नाे बेबाक र निडर शैलीकाे राजनितिले युवा जमातमा लाेकप्रिय नेताका रुपमा स्थापित निर्वतमान सांसद शाह मंशीर ४ गते हुन गइरहेकाे निर्वाचनमा पांचाै पटक आफ्नाे भाग्यकाे परीक्षा दिन तैयार बसेकाे बताउनुहुन्छ ।
उनी भन्छन – स्थानीय स्तर मै जनताका बीच पुगेर सुख दुखमा सहभागी हुन्छु ,समस्या बुझ्छु र समाधान गर्छु । सबैकाे शान्ति सुरक्षा र यस क्षेत्रकाे बिकासमा संघर्षरत छु । निर्वाचनका बेला राजनिति गर्न मात्र पैरासुट समातेर झरेकाे नेता हाेइन। विगत १५ बर्ष मा के -के काम गरियाे ? त्यसकाे संक्षिप्त विवरण जिल्लाकाे प्रतिष्ठित अनलाइन कपिलवस्तु टाइम्स मार्फत जनतालाई जानकारी गराउन आग्रह गर्दछु  -:
* संविधान सभा सदस्यका रुपमा २ पटक निर्वाचित भएपछि संविधान निर्माण नै मुख्य एजेन्डा थियाे । कम बजेट हुन्थयाे ,स्थानीय तह विहिन क्षेत्रमा बिकास निर्माणका काम सन्तुलित भइ अगाडि बढ्दै गरेकाले संसदीय बजेटले ठुलाे क्षेत्रलाई बांड्नु च्यालेन्ज थियाे तर पनि अतिआवश्यक क्षेत्रमा लगानी गरियाे । बि स. २०७४ काे प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसबाट सांसदमा निर्वाचित भएपछि अढाई बर्ष विपक्षमा नै विताउनु परेकाे सर्वविद्धतै छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीकाे असंवैधानिक कार्यलाई राेक्न सर्वेाच्चले ओली सरकार बर्खास्त गरेपछि संविधान रक्षाका निम्ति देउवा नेतृत्वकाे पांच दलिय गठबन्धन सरकार गठन भयाे । त्यसपछि आफ्नाे क्षेत्रमा स्थानीय तहकाे बजेट बाहेक प्रदेश र केन्द्र सरकारमार्फत दुई अरब भन्दा बढी बजेट पहल गरि भित्र्याइयाे । जस मध्ये केही याेजनाहरु शुरु भईसकेकाे कपिलवस्तु टाइम्सलाई बताए । उनले आफ्नाे क्षेत्रकाे बिकासका लागि विगत पन्द्र बर्षमा गरेका बिकास निर्माणका केही कार्यहरुमध्ये मुख्य जिल्ला कै दुर्गम मानिएकाे आरटिओ सडक निर्माण तथा विस्तार संसदीय काेषबाट शुरु गरि अहिले महेन्द्र राजमार्गसम्म पुर्याइएकाे बताए।
उनले बताएका केही मुख्य याेजना हरु —
– चन्द्राैटा-कृष्णनगर फाेरलेन सडक बनाउन भारतीय राजदुतावासलाई ताकेता गरि निर्माण कार्य आन्तिम चरणसम्म पुर्याइयाे ।
– कृष्णनगर बजारकाे सडकलाई राष्ट्रिय याेजनामा राख्न लगाइयाे , जसकाे निर्माण भइरहेको छ।
– नेपाल आदर्श क्याम्पस शिवपुरलाई बस व्यवस्थापन , साथै महेन्द्र माविलाई क्याम्पस संचालन पहल गरेपनि पुर्वाधारका कमीले प्रविधिक कुरा मिलाउन समय लाग्ने तर छिट्टै संचालनमा ल्याइने प्रतिवद्धता गरेकाे छु ।
– नि:शुल्क शल्यक्रियाका लागि आँखा अस्पताल बहादुरगंजकाे भवन निर्माणमा बजेट दिइयाे ।
– लकडाउनकाे बहानामा ओली सरकारले कृष्णनगर नाका बन्द गराएर सिमाक्षेत्रका जनता दुख पाउदै गरेकाेले दुईदेशबीच सम्बन्ध सुधार गर्दै आम नेपालीलाई आवतजावत सहज बनाइयाे ।
– कृष्णनगर नाकालाई इमिग्रेसनकाे लागि पटक पटक संसदमा आवाज उठाई सरकारकाे ध्यानाकर्षण गराउदै आएकाे छु ।
– दर्जनौं डिप वाेरिङ्ग लगायतकाे सिंचाई व्यवस्था गराएकाे छु ।
– चरंगाहवा नदीमा पुल निर्माणका लागि पहल गरेंपछि फलस्वरूप निर्माण कार्य जारी छ र आधा दर्जन गाउँ टापु हुनबाट बचाएकाे छु ।
– दुईलेनकाे हुलाकी राेड छिट्टै बनाउन जिल्लाभरिका संसद मिलेर दबाव दिइयाे जुन अहिले निर्माणाधीन अवस्थामै रहेकाे छ ।
– प्रत्येक पालिकामा एम्बुलेन्सकाे व्यवस्थापनका लागि बजेट विनियाेजन र व्यवस्थापन गराएं ।
– लकडाउनका बेला अरु नेता घरमा बसे तर जनताकाे बीचमा गई आवश्यकता अनुसार राहत सहयाेग गरें ।
– भारतमा फसेका नेपालीहरु दशगजामा राेकेर राखेकाे आवस्थामा नाकाबाटै भित्रयाइ सम्बन्धित पालिकासम्म पुर्याउन मद्दत गरियाे ।
– लकडाउनमा खुलेका १० नाका मध्ये एक कृष्णनगरमा नेपाल आफ्नाे जग्गा दिएर हाेल्डिङ्ग सेन्टर निर्माण समपन्न गराइयाे ।
– जीर्ण अवस्थामा रहेका मठमन्दिरहरुलाई मरम्मत गराइयाे ।
– राम गाेरखा माविलाई प्रविधिक क्याम्पसका रुपमा विकास गर्न जेटिए(बाली/पशु) कार्यक्रम संचालन गराउन सहयाेग गरियाे ।
– भारतीय दुतावासबाट दर्जनाै बिद्यार्थीलाई छात्रवृत्तिमा डाक्टर, इन्जिनियर पढन पठाइयाे ।
– लक्ष्मी पुजामा प्रहरीकाे गाेली लागेर हत्या भएकाे सुन्दर पाण्डेलाई सहिद घाेषणा गराइ राज्यबाट सहयाेग उपलब्ध गराइयाे ।
– कृष्णनगर , बहादुरगंज , चन्द्राैटा र विजयनगर गाउंपालिकाभित्र ल बाटाेघाटाे ,पुलपुलेसाे , धर्मशाला लगायत पुर्वाधार निर्माणमा बजेट विनियाेजन र व्यवस्थापन गराइयाे ।
– आफ्नाे क्षेत्रमा खाेपकाे व्यवस्थापनका लागि आवश्यक पहल गरियाे ।
— शैंयाैं गरिब आवास निर्माण गराइयाे ।
– कन्चनिया डायर्भसन निर्माण समपन्न गराइयाे ।
– शिवराज अस्पतालमा आप्रेसन थ्याटरकाे भवन निर्माण गराइयाे ।
– भारतीय दुतावासबाट आफ्नाे क्षेत्रकाे लागि आधा दर्जन एम्बुलेंस , दमकल उपलब्ध गराइयाे । साथै स्थानीय तहसंगकाे समन्वयमा गाउँ गाउंमा आरसिसि, पिसिसि,ग्रेभल बाटाे, खानेपानी, सा-साना कल्भर्ट निर्माण लगायतका लागि संसदीय बजेट विनियोजित गरिएर बिकासलाई गाउंस्तरसम्म पुर्याउने प्रयास गरेकाे छु ।

निर्वतमान सांसद शाह अहिले कपिलवस्तु क्षेत्र ३ बाट कांग्रेस , माओवादी केन्द्र , जनमाेर्चा, एकीकृत समाजवादी, लाेकतान्त्रिक समाजवादी पार्टीकाे पांच दलिय गठबन्धनका साझा उम्मेदवारका रुपमा आफ्नाे क्षेत्रमा घरदैलाे गर्न व्यस्त हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज