Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मुस्लिम समुदायले धुमधामले मोहर्रर पर्व मनाए

मोहर्रम पर्वले हिन्दु र मुस्लिम समुदायबीच एकता अझै प्रगाढ बनाएको छ

Author Avatar साझा न्यूज 29th July 2023 , 10:35 PM
मुस्लिम समुदायले धुमधामले मोहर्रर पर्व मनाए

मो.नईम । साझा न्यूज संवाददाता
कपिलवस्तु, १३ श्रावण । लुम्विनी प्रदेशका कपिलवस्तु, रुपन्देही, नवलपरासी लगायत तराई मधेशका मुस्लिम समुदायले आज मोहर्ररम पर्वलाई शोक पर्वको रुपमा मनाएका छन् ।

शनिवार सांझ मोहर्रम १० तारिखमा ताजिया बिजर्सन गरी पर्वको विधिवत समापन भएको छ । ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाति हजरत हुसैनको शहादत (शोक)मा यो पर्व मनाइने गरिन्छ । धर्मावलम्बीहरूले शोकको पर्वको रुपमा मनाउने मोहर्रम पर्वले पछिल्लो समय हिन्दु र मुस्लिम समुदायबीच एकता अझै प्रगाढ बनाएको छ ।

सद्भावको प्रतिकको रुपमा रहेको यो पर्वमा वर्षेनी श्रद्धालु बढ्दै गएका छन् । हिन्दु र मुस्लिम दुवै समुदाय उत्तिकै आस्था राखी हिन्दु धर्मालम्बीहरू पनि मुस्लिम जस्तै तजिया बनाई विधिवत रुपमा पूजाअर्चना गर्न थालेका छन् ।

सन् ६८० अक्टोबर १० तारिखका दिन इराकको राजधानी बगदादभन्दा सय किलोमिटर टाढा उत्तर पूर्वको करबलामा यजिदी फौजसँगको धर्मयुद्धमा सहादत प्राप्त गरेका हुसैनको सम्झनामा ताजिया बनाई मोहर्रम पर्व मनाउने परम्परा शुरु भएको हो । हसन तथा हुसेनको प्रतिक स्वरुप बासको ढाँचामा बिभिन्न रङगिचङगी कागज बेरी तजिया बनाईने गरिन्छ । ईस्लामिक धर्मको नयाँ वर्षका दिन सुरु हुने मोहर्रमका १० दिनसम्म फरकफरक तरीकाले मनाइन्छ ।

मोहर्रमको १० तारिखलाई महान दिन असुरा पनि भनिन्छ । सन् ६८० अक्टोबर १० तारिखका दिन इराकको राजधानी बगदाद भन्दा सय किलोमिटर टाढा उत्तर पूर्वको करबलामा यजिदी फौजसँगको धर्मयुद्धमा सहादत प्राप्त गरेका हुसैनको सम्झनामा ताजिया बनाई मोहर्रम पर्व मनाउने परम्परा शुरु भएको हो । हसन तथा हुसेनको प्रतिक स्वरुप बासको ढाँचामा बिभिन्न रङगिचङगी कागज बेरी तजिया बनाईने गरिन्छ ।

यसैले यो शोक दिनको सम्झनामा मस्जिदमा कुरान पाठ गरिनुका साथै बेलुकी खिचडा (खाने पकवान) बनाएर बाँडिन्छ । घरमा बनाइएका ताजियाहरू नजिकको कर्बला(रण)मा पुगेर विभिन्न परम्परागत खेल तमासा तथा ताजियालाई बिभिन्न सामग्री अर्पण गरि यो पर्व मनाईएको छ ।

भाकल गर्नेहरुले आफ्नै लागतमा ठूलो ताजिया बनाउने पनि गर्दछन । विशेषगरी मोहर्रम पर्व मुस्लिम समुदायले मनाउने भए पनि भाकल पूरा भएको भन्दै केही हिन्दु धर्मावलम्बीले पनि ताजिया राख्ने गर्छन् ।

मोर्हरम पर्वका अवसरमा महिला वालवालिका तथा समाज कल्याण मन्त्री सुरेन्द्र राज आचार्य, लुम्विनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, पुर्व मन्त्री बृजेश कुमार गुप्ता, नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलाम, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, वडा अध्यक्ष जाहिद खां लगायतले शोक पर्वको शुभकामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

कपिलवस्तुमा १० लाखभन्दा बढीको अवैध सामान बरामद

कपिलवस्तुमा १० लाखभन्दा बढीको अवैध सामान बरामद

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भर्खरै प्रकाशित

विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी

आर्थिक समुन्नतिको नेतृत्व गर्ने कांग्रेस बनाउने चौधरीको प्रतिबद्धता

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

कपिलवस्तुमा १० लाखभन्दा बढीको अवैध सामान बरामद

कपिलवस्तुमा १० लाखभन्दा बढीको अवैध सामान बरामद

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज