काठमाडौं । सरकारले भारत, चीन, अमेरिका, बेलायतसहित विभिन्न १३ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकमा रिक्त रहेका राजदूत पदका लागि १३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारको निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणाको नाम सिफारिस गरिएको छ।
त्यस्तै जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई प्रस्तावित राजदूत बनाउने निर्णय भएको छ।














































