Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको राशीफलः २०७८ साल आषाढ १ गते


आजको पञ्चाङ्ग एवम् राशिफल

श्रीसूर्य उत्तरायण,ग्रीष्मर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८ साल आषाढ १ गते मंगलवार नेपाल सम्बत ११४१ तछलाथ्व,सन् २०२१ जून १५ तारिक शुक्लपक्ष पञ्चमी तिथि साँझ ७ वजेर ४० मिनेटसम्म अश्लेषा नक्षत्र साँझ ७ वजेर १३ मिनेटसम्म , बवकरण, आनन्दादियोग आनन्द, सूर्य वृष राशिमा, चन्द्रमा साँझ ७ वजेर १३ मिनेटसम्म  कर्कट उप्रान्त सिंह राशीमा । योगिनी दक्षिण दिशामा,काल पश्चिम दिशामा पाश पूर्व दिशामा । चन्द्रमा उत्तर दिशामा शुक्र पश्चिम दिशामा दिन भर भ्रमण गर्ने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सानो कुरालाई लिएर पारिवारिक द्वन्द्व चल्न सक्छ होशियार हुनुहोला । साना साना कुराले भोली असर गर्नेछ । खरीद गरेका वस्तु कमसल पर्ने छन् । सामाजिक उत्तरदायित्व वहन गर्न सकिने छैन । व्यापार व्यवसायमा अझै सुधार आउने देखिन्न । आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): संचित धन बढ्नेछ । धार्मिक गतिविधिबाट लाभान्वित हुनुहुनेछ । भाई बन्धु स्त्री तथा सन्तानबाट सहयोग,सुख एवं शान्ति मिल्नेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नति गरिनेछ । दीक्षा भ्रमण हुनसक्ने कुरालाई नकार्न सकिन्न । साँझपख समय प्रतिकुल बन्नेछ । शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । फजुल खर्चमा वृद्धि हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):आर्थिक पक्ष कमजोर देखिन्छ । आर्जनका काम भन्दा भोर्जनका काम बढि हुनेछन् । सहयोग गर्ने भन्द असहयोग गर्ने बढि हुनेछन् । दिने भन्दा लिन खोज्ने बढि होलान् । व्यापारमा आएको मन्दि कायम रहने देखिन्छ । आफन्तमा झगडा हुनसक्छ सजग रहनु होला । साँझपख समयमा सामान्य सुधार आउनेछ । विवादबाट टाढा बस्नु उचित हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम हुनसक्छ सचेत भएर काम गर्नु होला । परोपकारी काम हुनेछन् । दान पुण्यमा धन खर्च हुनेछ । उपलब्धिका काम भन्दा बढि मनोरञ्जनमा ध्यान जानेछ । घरमा जमघट बढ्न सक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विवादित काममा हात नहाल्नु होला । सहयोग अल्प मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मेहनत पूर्वक गरेका कामबाट पनि उचित लाभ लिन सकिने छैन । आफन्तमा झै–झगडा पर्न सक्छ । संचित धनमा ह्रास आउनेछ । व्यय मार्गका ढोका अझै बन्द हुने देखिन्न । आशा र भरोसा टुट्न सक्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला क्षति धेरै हुनसक्छ । व्यापार व्यवसायमा घाटा हुनेछ । यात्रा गर्दा सतर्क रहनु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयमा काम सम्पन्न गर्ने प्रयत्न गर्नु होला । नोकरी तथा राजनीतिमा सामान्य सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । ढिला सुस्ति भएमा आएको अवसर पनि गुम्ने सम्भावना रहनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अपरान्ह पछि समयले कम साथ दिनेछ । आम्दानीका मार्ग खुम्चिने तथा व्ययका मार्ग खुल्नेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सामान्यतया दिन अनुकुल नै देखिन्छ । बातावरण मिलाएर काम गर्नु होला । चुनौतिका विच धेरै काम बन्ने छन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । आफुमा भएको ज्ञान र शिपको प्रयोग गरेर अगाडि बढ्नु होला । घर बाहिर बसेर गरेका काम बढि फलदायी हुनसक्छ । व्यापारमा सुधार आउनेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): इच्छा आकाँक्षा बढि हुनेछन् भने परिपूर्ति कम हुने देखिन्छ । तर समय भने सुधारोन्मुख देखिन्छ । कामले विस्तारै गति लिनेछ । आशाका अङ्कुर पलाउने छन् । दीक्षा यात्रा हुनसक्ने कुरालाई नकार्न सकिन्न । उपकारी काम हुनेछन् । बाह्य काममा समय बढि दिनु भयो भने आफ्ना काम अधुरा रहने छन् । सहयोग कम मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयले अझै साथ दिने देखिन्न । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्नेछ । शरीरिक एवं मानसिक थकान बढ्नेछ । लेनदेन कारोवारमा समस्या सृजना हुनसक्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । वोलीको अनर्थ लगाउने छन् । अर्थ अभाबका कारण योजना कार्यन्वयनमा ढिला सुस्ति हुनेछ । आफन्त सँग विश्वास गुम्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अर्थ अभावको महशुस हुनेछ । जीवन साथिको सहयोग लिएर काम गर्दा बढि फाइदा हुनेछ । लगनशिल भई समयमा गरेका अधिकाँश काम सम्पन्न हुनेछन् । व्यापारिक यात्रा हुनसक्छ । बादविबादबाट टाढा बस्नुहोला । हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने अवस्था आउन सक्छ । साँझपख काममा अवरोध तथा खर्च विवाद बढ्न सक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):हेलचक्र्याई गरेमा दुःख पाईनेछ । काम गरेर अरुलाई बढि कमाई दिने अवस्था आउन सक्छ । अरुको भर परेर काम गर्नु भयो भने अवसरबाट वञ्चित हुने अवस्था आउनेछ । संघर्षबाट केहि उपलब्धि हात लाग्नेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । राजनैतिक व्यक्तिको विश्वास परेर कुनै काम नगर्नु होला । मुद्धामा जीत हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दुष्ट स्त्रीको संगले इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । आफ्नो भन्दा अरुको पालन पोषण बढि हुनेछ । काम गरेर जश कमै मिल्नेछ भने विवाद बढि हुनेछ । स्पष्ट कार्य दिशा तयार तय नहुदा कार्य योजना अगाडि बढ्ने छैनन । बस्तु खरीदमा खर्च हुनेछ ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! !

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असोज २०७९ आइतबार, ९ अक्टोबर २०२२)

२०७९ माघ १० गते मंगलबारको तपाईको राशिफल

आज सोनाम ल्होसार हर्षोल्लासका साथ मनाइँदै

आज सोनाम ल्होसार हर्षोल्लासका साथ मनाइँदै

अयोध्या राम मन्दिरका रामको प्रतिमा कालिगण्डकीको शिलाबाट

अयोध्या राम मन्दिरका रामको प्रतिमा कालिगण्डकीको शिलाबाट

आजदेखि स्वस्थानी व्रत एवम् माघस्नान

आजदेखि स्वस्थानी व्रत एवम् माघस्नान

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ मङ्सिर २०७९ बुधबार, ३० नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ पौष २०७९ सोमबार, २ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ पौष २०७९ बिहीबार, २२ डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ पौष २०७९ बिहीबार, २२ डिसेम्बर २०२२)

भर्खरै प्रकाशित

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

आयोगद्वारा राष्ट्रपतिको निर्वाचन मिति तय

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि