Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल ८ असार २०७८ मंगलबार


आजको पञ्चाङ्ग एवम् राशिफल ४ असार २०७८ शुक्रबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ ग्रीष्म ऋतु वि. सं. २०७८ आषाढ ८ गते मंगलबार तद्अनुसार सन् २०२१ जुन २२ तारिख ज्येष्ठ शुक्लपक्ष द्वादशी तिथि ७ः४२ पर त्रयोदशी तिथि विशाखा नक्षत्र १२ः३५ पर अनुराधा नक्षत्र सिद्धि योग कौल करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा तुला राशिमा ७ः०० बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ । प्रदोष व्रत, भूमिरज ।

आजको राशिफल

मेष – नियमकानूनलाई ध्यानमा राख्नु पर्ला । विवादमा पर्नुबाट जोगिनुहोला । जोखिमप्रति सचेत रहनु हितकर रहनेछ । सामान हराउने डर रहला । सुखसुविधाको वस्तुमा धन खर्च हुनेछ । ग्रहगोचरको प्रभावस्वरुप विलासमा आकर्षण बढ्ला । दौडधुप बढ्नेछ । शैक्षिक र रचनात्मक काममा आंशिक प्रगति मिल्नेछ । अरुको भर पर्नु उचित नहोला ।

बृष – आनन्द र आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । आफन्तसुख बढ्नेछ । सुखसुविधाको वस्तु प्राप्त होला । दौडधुप भने जारी रहने छ । व्यर्थको झण्झटबाट छुटकारा मिल्ला । यात्रा हुने, महत्वपूर्ण काम बन्ने सम्भावना रहला । आर्थिक पक्षमा सुधार हुनेछ । विशेष गरी पारिवारिक क्षेत्रसित सम्बन्धित काम बन्नेछ । आफ्नै बल विवेकले काम गर्नु उचित रहनेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – उन्नति हुने र आँट उत्साह बढ्ने योग छ । भाग्योदय हुनेछ । साहसिक कार्यमा रुचि बढ्ला । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । कुनै प्रकारको जोखिममा नपरी काम गर्नु उचित हुनेछ । रोकिएको काम बन्ला ।

कर्कट – मिठो भोजन मिल्नेछ । आयस्रोत सुख समृद्धि बढ्नेछ । आर्थिक प्रगतिसँगै यश गौरवमा पनि बढोत्तरी हुनेछ । वार्तामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम, यात्रापरक कार्य आदि क्षेत्रमा सफलता मिल्नेछ । गीतसंगीत रसराग प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भोगविलासमा रुचि रहनेछ । ख्याति फैलिने छ ।

सिंह – कठोर मिहीनेतले सफलता मिल्नेछ । सम्मान प्राप्त होला । शुभ र भाग्यवर्द्धक काममा केन्द्रित रहनु हितकर होला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग र समर्थन मिल्नेछ । समस्याको समाधान मिल्नेछ । भोग विलासको अवसर जुट्ला । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुने छैन ।

कन्या – आयस्रोत बढ्नेछ । आरोग्यता बढ्ला । साहसिक काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । खेलकूदमा रुचि बढ्ला । कलात्मक र रचनात्मक क्षमता बढ्नेछ । विवेक लगाएर योजनानुसार काम गर्नु उचित हुनेछ । इष्टमित्र सन्तानसुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । कर्मपथमा सफलता मिल्नेछ । सुख शयल विलासमा आकर्षण बढ्ला ।

तुला – कर्ममा सफलता मिल्नेछ । आफन्तसुख बढ्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । मित्रजनको साथ मिल्नेछ । लापर्वाही नगरी योजना बनाएर काम गर्नु बेस रहला । उन्नति हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । समस्याको समाधान गर्नुहुनेछ । ख्याति फैलिनेछ । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।

वृश्चिक – शुभता बढ्ला । मनोकूलको काम बन्नेछ । आयस्रोत बढ्नुका साथै रोकिएको धन उठ्नेछ । यश वर्चश्व रहनेछ । नयाँ दायित्व प्राप्त होला । यात्रापरक कार्य बन्नेछ । साथीभाइको साथ मिल्नेछ । विकासको सम्भावना देखा पर्नुसँगै आशा उत्साह पनि वृद्धि हुनेछ । ऐश्वर्य बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा रुचि बढ्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत भइ योजनानुसार काम गर्नु बेस होला ।

धनु – लगानी र खर्च बढ्नेछ । खेलकुद भ्रमण हांसविलास आदिमा आकर्षण बढ्नेछ । लापर्वाही नगरी योजना र बजेट बनाएर काम गर्नु हितकर होला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । ऐनकानूनलाई सम्मान गर्नु हितकर होला ।

मकर – दिन शुभ फलदायक रहनेछ । आयस्रोत वृद्धि हुनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । भोगविलासको अवसर प्राप्त होला । सुख आनन्द धन मान बढ्ला । दायित्व पूरा गर्नुहुनेछ । आर्थिक कार्य बन्नेछ ।

कुम्भ – सुख आनन्द बढ्नेछ । यात्रापरक काम बन्नेछ । घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । सार्वजनिक कार्य आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित हुनेछ । साहसिक कार्यमा प्रवृत्ति बढ्ला । शुभ समाचार मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । रोकिएको काम बन्नेछ ।

मीन – विशेषगरी शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ला । शुभ काम बन्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख शान्ति बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । हरेक प्रकारले सुख सौभाग्यमा वृद्धि हुनेछ । लगानी उठ्ला । ख्याति फैलिनेछ । प्रेममा सफलता प्राप्त होला । सन्तानसुख बढ्ला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रातो मच्छिन्द्रनाथको भोटो जावलाखेलमा देखाइयो

रातो मच्छिन्द्रनाथको भोटो जावलाखेलमा देखाइयो

लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

गाई संरक्षणबाट धार्मिक पर्यटनको प्रवर्द्धन

गाई संरक्षणबाट धार्मिक पर्यटनको प्रवर्द्धन

मुगुको व्यथा : पुस्तौंदेखि दियालोकै भर

मुगुको व्यथा : पुस्तौंदेखि दियालोकै भर

भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा

भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ चैत २०७९ शुक्रबार, ७ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ चैत २०७९ शुक्रबार, ७ अप्रिल २०२३)

भर्खरै प्रकाशित

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भयो : अर्थमन्त्री

सामाजिक सुरक्षा भत्ता यथावत्

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

सरकारको खर्च कटौती योजना : नयाँ गाडी नकिन्ने, थन्किएका गाडी लिलाम

स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि